×

NMB BANK
NIC ASIA

बिहान उठेदेखि राति सुतेसम्म गर्नुस् यी काम, हुनुहुनेछ तन्दुरुस्त

चैत १५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

 व्यस्त तालिकाका कारण मानिस स्वास्थ्यमा राम्ररी ध्यान दिन पाउँदैनन् । यसले गर्दा तपाईंले ससाना समस्याको सामना गर्नुपर्ने हुन्छ । अनि घर र अफिस दुवैतिर काम गर्ने हुँदा पनि स्वास्थ्यमा ध्यान दिन पाइँदैन ।
यस्तो व्यस्त जीवनमा आफूलाई तन्दुरुस्त राख्नका लागि केही टिप अपनाउनुपर्छ । 

Muktinath Bank

बिहान उठ्नेबित्तिकै एक गिलास तातोपानीमा कागती वा मह हालेर पिउनुस् । यो पिउँदा शरीरमा भएका विषाक्त तत्त्व बाहिर निस्कन्छन् र पाचनतन्त्र सही रहन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्वास्थ्य सही राख्नका लागि ब्रेकफास्ट गर्नुपर्छ । दिनको शुरूआतमा जहिले पनि पौष्टिक खानेकुरा खानुस् । जहिले पनि ७ र ९ बजेको बीचमा नाश्ता गर्नुस् । यसो गर्दा तपाईंको दिमाग दिनभरि सक्रिय रहन्छ र ऊर्जास्तर पनि बढ्छ । 


Advertisment
Nabil box
Kumari

दिउँसो घरबाहिर अस्वस्थकर खानेकुरा खाँदै नखानुस् । फल, चना, ड्राई फ्रुट खाने गर्नुस् । अनि जुस पिए हुन्छ । खोजीखोजी पौष्टिक खानेकुरा खानुस् । 

Vianet communication
Laxmi Bank

काम गर्दागर्दै थकाइ लागेर चिया कफी पिउने गर्नुभएको छ भने छोडिदिनुस् । यसले स्वास्थ्यलाई हानि गर्छ । बरू कागतीपानी वा डिटक्स ड्रिंक पिउनुस् । यसबाहेक लस्सी वा उखुको रस पिउन सक्नुहुन्छ । यसले शरीरलाई ऊर्जा दिन्छ । 

केही मानिस बिहान टन्न पेट भर्छन्, दिउँसो केही खाँदैनन् अनि राति पनि पेट फुट्नेगरी खाना खान्छन् । यो गलत हो । दिनमा कुचुकुचु केही खाइरहनुस् । यसो गर्दा शरीरमा बोसो जम्न पाउँदैन अनि ऊर्जा कायम रहन्छ । 

बिहान बेलुका केही क्षण डुल्नु स्वास्थ्यका लागि सही हुन्छ । राति भात खाएपछि त अवश्य नै टहल्नुस् । 

दिनभरिमा आठ गिलास जति पानी पिउनु स्वास्थ्यका लागि राम्रो हुन्छ । यसले शरीरको हानिकारक तत्त्व बाहिर निकाल्न मद्दत गर्छ । यसले पाचन क्रिया पनि दुरुस्त पार्छ र मुटुको रोगको खतरा पनि कम गर्छ ।

लिफ्ट चढ्नुभन्दा भ–याङ चढेर तलमाथि गर्नु राम्रो हुन्छ । यसले गर्दा तपाईंलाई व्यायाम पनि हुन्छ र रोगबाट पनि बचिन्छ । अनि तपाईं तन्दुरुस्त हुनुहुन्छ ।

सफा कपडा लगाउनुस् अनि संवेदनशील अंगहरूलाई सफला राख्नुस् । यसो गर्दा रोग लाग्न पाउँदैन । 

दिनदिनै व्यायाम अवश्य गर्नुस् । योग गर्न पनि सक्नुहुन्छ । यसो गर्दा तपाईं शारीरिक र मानसिक रूपमा फिट हुनुहुनेछ । व्यायाम बिहान बेलुका जतिखेर पनि गर्न सक्नुहुन्छ ।

दिनमा ८ देखि ९ घन्टा अवश्य सुत्नुपर्छ । त्यसो गर्दा दिनभरि ताजा अनुभव गर्न सक्नुहुनेछ । 

घरमा वा अफिसमा काम गर्दा बस्ने पोजिसनमा ध्यान दिनुस् । कुर्सीमा धेर नबस्नुस् । त्यसरी बस्दा ढाडको समस्या हुन्छ ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x