×

NMB BANK
NIC ASIA

हिजो दिनभर : धनगढीमा थप एकजनामा कोरोना भएको पुष्टि, 'कोरोनाबाट नागरिकलाई जसरी पनि बचाउँछौं'

चैत १५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढीमा थप एकजनामा कोरोना भएको पुष्टि, यससँगै नेपालमा ४ जनालाई संक्रमण
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नेपालमा थप एकजना कोरोना संक्रमित भेटिएको बताएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

शुक्रवार साँझ मन्त्रालयमा आकस्मिक ब्रिफिङ गर्दै उनले धनगढीमा रहेका एक व्यक्तिमा कोरोना रहेको परीक्षणबाट पुष्टि भएको जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

डाक्टर देवकोटाले उपत्याका बाहिर पहिलोपटक संक्रमण देखिएको बताएका हुन् ।


Advertisment
Nabil box
Kumari

धनगढीमा रहेका ती संक्रमित व्यक्ति दुबईबाट आएका थिए । ३४ वर्षका उनी गत चैत ११ गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए ।

Vianet communication
Laxmi Bank

उनको अवस्था खतरामुक्त रहेको प्रवक्ता डाक्टर देवकोटाले बताए । 

यसअघि तीनजनामा पोजेटिभ रिर्पोट देखिएको मध्ये एक जनालाई निको भइसकेको छ भने दुई जना टेकुमा रहेकाे ट्रपिकल तथा सरुवा राेग अस्पतालको आइसोलेसनमा छन्।  फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी एक १९ वर्षीया युवती तथा दुबहीबाट नेपाल आएका एक युवामा कोरोनाको संक्रमण पुष्टि भएको थियो । 

सरकारले कोरोना संक्रामितको आशंका लागेका बिरामीको स्वास्थ्य परीक्षणको दायरा फराकिलो बनाएको जनाएको छ । गत डिसेम्बरको अन्तिममा चीनको वुहानबाट शुरु भएको कोरोनाका कारण मंगलवारसम्म विश्वभर गरेर २४ हजार ३ सय ६३ जनाको मृत्यु भइसकेको छ । ५ लाख ४२ हजार संक्रमित छन, संक्रममितको संख्या सबभन्दा धेरै अमेरिकामा ८५ हजार पुगेको छ।

नेकपाको विशेष परिपत्र, भ्रम फैलाउनेबाट नागरिकलाई सचेत गराउन निर्देशन

कोरोना भाइरस (कोभिड१९) को रोकथामका लागि मुलुक एक साता लकडाउनमा रहेका बेला सत्तासिन  नेपाल कम्युनिस्ट पार्टी नेकपा) ले पार्टी पंक्तिलाई विशेष परिपत्र जारी गरेको छ। 

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार विशेष परिपत्र जारी गर्दै कार्यकर्तालाई सम्भव भएसम्म स्वयंसेवी भूमिकामा रहन भनेका छन्।

नेकपाले कोरोनाद्वारा सिर्जित विश्वव्यापाी संकट र राष्ट्रका सम्मुख बढ्दो खतराको घडीमा आपसी एकतालाई बलियो बनाउँदै यसलाई सामना गर्न सहयोगी हात जुटाउनुपर्ने उल्लेख गरेको छ। तर, यो ठीक उल्टो संकिर्ण स्वार्थमा अल्झिएर भ्रम फिजाउने प्रयास भइरहेकोतर्फ समेत नेकपाले कार्यकर्तालाई सचेत गराएको छ ।

तयारी अवस्थामा छौं, कोरोनाबाट नागरिकलाई जसरी पनि बचाउँछौं : राज्यमन्त्री मानन्धर

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सरकारले कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक सबै प्रबन्ध मिलाएकाले आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् । 

नागरिकको जीवन रक्षाका लागि सरकारले अथक मेहेनत गरिरहेको बताउँदै मन्त्री मानन्धरले लकडाउनको पूर्ण पालना गर्न पनि सर्वसाधारणलाई आग्रह गरेका छन् ।

सामान्य हेलचक्राइँले विपद् आउनसक्ने भन्दै सतर्क रहनु नै उत्तम उपय भएको मन्त्री मानन्धरले बताए ।

कोरोना भाइसर नियन्त्रण उच्चस्तरीय समिति र स्वास्थ्य मन्त्रालयले गरिरहेको तयारीमा सहयोग गर्नका लागि सहरी विकास मन्त्रालयले ७ सदस्यीय समिति गठन गरेको जानकारी गराउँदै मन्त्री मानन्धरले क्वारेन्टाइन स्थलको अभाव हुन नदिने बताए ।

मन्त्री मानन्धरले काठमाडौं उपत्यकामा क्वारेन्टाइनका लागि तयारी गरिएका स्थलहरूको अभाव हुने अवस्था आए तत्काल नयाँ क्वारेन्टाइन स्थल निर्माणका लागि सहरी विकास मन्त्रालय तयारी अवस्थामा रहेको पनि बताए ।

मन्त्रालयमा सचिवसहित उच्च अधिकारीहरूसँग आफू निरन्तर छलफलमा रहेको बताउँदै मन्त्री मानन्धरले मन्त्रालयका तर्फबाट गर्नुपर्ने सबै काम तयारी अवस्थामा रहेको बताए ।

काठमाडौंमा खुला स्थानका रूपमा चक्रपथसहित फराकिला सडकका किनारामा अस्थायी शौचालयसहितको अस्थायी क्वारेन्टाइन बनाउन सकिने मन्त्री मानन्धरको तर्क छ । 

मन्त्री मानन्धरले काठमाडौं महानगरले किटनासक औषधि छर्कने काम थालेको बताउँदै भित्री शहरमा पनि उक्त व्यवस्था मिलाइने बताए ।

मन्त्री मानन्धरले आ-आफ्नो नगरपालिका र वडा कार्यालयमा क्वारेन्टाइन निर्माण र व्यवस्थापनलाई तीव्र पार्न देशभरका नगरपालिकाहरूलाई आग्रह समेत गरेका छन् ।

ठूला नदीका किनारका फराकिला स्थान र बजारहरूका खाली स्थानलाई पनि थप क्वारेन्टाइनका रुपमा प्रयोग गर्न सकिने मन्त्री मानन्धरको तर्क छ । 

समय अभावका कारण अध्ययन गर्न नपाएकाहरूलाई मन्त्री मानन्धरले धार्मिक ग्रन्थहरू र ज्ञानवर्द्धक पुस्तक अध्ययन गर्न आग्रह समेत गरेका छन् ।

वद, पुराण, रामायण, महाभारत लगायतका हिन्दू ग्रन्थहरूमा व्याख्या गरिएका विषय वर्तमान अवस्थामा जीवनोपयोगी देखिएको भन्दै मन्त्री मानन्धरले घरमा बसेका नेपाली युवालाई ती पुस्तक अध्ययन गर्न सुझाव समेत दिएका छन् ।

साथै अनुष्ठान र योगाभ्यासले शरीरलाई तन्दुरुस्त राख्ने भएकाले ध्यान दिन पनि मन्त्री मानन्धरको सुझाव छ । 

मन्त्री मानन्धरले बालबालिकालाई योग, ध्यान र संस्कारका बारेमा व्यावहारिक ज्ञान दिलाउने अवसरका रूपमा लिन पनि अभिभावकलाई आग्रह गरेका छन् ।

कामकाजी मानिसहरूमा विभिन्न खाले रोगका कारण समस्या आएकाले लकडाउनका बेला घरमै बसेर खेल्न सकिने खेलहरू खेल्न र बालबालिकालाई पनि सिकाउन आग्रह समेत गरेका छन् ।

कोरोना रोकथामका लागि मुख्यमन्त्रीहरूसँग भिडियो कन्फरेन्समार्फत् परामर्श

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले भिडियो कन्फरेन्समार्फत सातवटै प्रदेशका मुख्यमन्त्रीहरूसँग परामर्श गर्ने भएका छन् ।

शुक्रवार सिंहदरबारस्थित एक्सन रूमबाट संयोजक पोखरेलले सबै प्रदेशका मुख्यमन्त्रीहरूसँग कोभिड १९ को संक्रमण रोकथाम र नियन्त्रणबारे गरिने भएको हो ।

पोखरेलका स्वकीय सचिव दिपेन्द्र श्रेष्ठले भिडियो कन्फरेन्समार्फत् समितिले लिएको निर्णय कार्यान्वयन गर्न प्रदेशले चाल्नुपर्ने कदम, नीति तथा कार्यक्रम र आगामी रणनीतिका बारेमा छलफल हुने बताए ।

श्रेष्ठले शुक्रवार नै उच्चस्तरीय समितिको बैठक बसेर संक्रमणविरुद्धको आगामी रणनीति तय गरिने बताएका छन् ।

तत्काल आर्थिक राहत प्याकेज घोषणा गर्न माग गर्दै देउवाले भने - पीपीई नहुनु लज्जास्पद !

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लक-डाउनले विभिन्न वर्ग र क्षेत्रमा परेको आर्थिक स्थितिलाई दृष्टिगत गर्दै तत्काल आर्थिक प्याकेज घोषणा गर्न सरकारसँग माग गरेका छन् ।

शुक्रवार एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले सरकारलाई ४ वटा बुँदामा ध्यानाकर्षण गरेका छन् ।

उनले विश्व स्वास्थ्य संगठनले सचेत गराइरहँदा पनि स्वास्थ्यकर्मीहरूले पीपीई नपाउनु लज्जास्पद भएको टिप्पणी गरे । ‘म सरकारलाई यथाशीघ्र पीपीई, परीक्षण किट, आइसोलेसन वार्ड र भेन्टिलेटरको पर्याप्त प्रबन्ध गर्न अपिल गर्दछु,’ उनले विज्ञप्तिमा भनेका छन् ।

नेपालमा ८ सय २ जनामा कोरोना परीक्षण, ७ सय ९९ जनाको रिपोर्ट नेगेटिभ

विश्वव्यापी महामारीको रूप धारण गरेको कोभिड– १९ (कोरोनाभाइरस)को आशंकामा नेपालमा ८ सय २ जनाको स्वास्थ्य परीक्षण गरिएको छ, त्यसमध्ये ३ जनामा पोजेटिभ रिपोर्ट देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

शुक्रवारसम्म गरिएका परीक्षणमा ७ सय ९९ जनाको नेगेटिभ रिपोर्ट (कोरोना संक्रमण नभेटिएको) आएको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले लोकान्तरलाई जानकारी दिए ।

तीन जनामा पोजेटिभ रिपोर्ट देखिएकोमा एक जनालाई निको भइसकेको छ भने दुईजना टेकु अस्पतालको आइसोलेसनमा छन् ।

फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी एक १९ वर्षीया युवती तथा दुबईबाट नेपाल आएका ३२ वर्षीय पुरुष शुक्रारज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत छन् ।

सरकारले कोरोनाको आशंका गरिएका बिरामीको स्वास्थ्य परीक्षणको दायरा फराकिलो बनाएको जनाएको छ ।

गत डिसेम्बरको अन्तिममा चीनको वुहानबाट शुरू भएको कोरोनाका कारण मंगलवारसम्म विश्वभर गरेर २४ हजार ३ सय ६३ जनाको मृत्यु भइसकेको छ भने ५ लाख ४२ हजार संक्रमित छन्, संक्रममितको संख्या सबैभन्दा धेरै अमेरिकामा ८५ हजार पुगेको छ ।

देशभरका ३८ लाख विद्युत् ग्राहकलाई महशुलमा २०% छुट

नेपाल विद्युत् प्राधिकरणका देशभरका ३८ लाख घरायसी ग्राहकले १५० युनिटसम्म विद्युत् प्रयोगमा चैत महिनाभरको महशुलमा २० प्रतिशत छुट पाउने भएका छन् । 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’को अध्यक्षतामा शुक्रवार मन्त्रालयमा बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति बैठकले मन्त्रिपरिषद् समक्ष महशुल छुटका लागि सिफारिश गर्ने निर्णय गरेको हो । 

कोरोना भाइरसको महामारी रोकथामका लागि सरकारद्वारा घोषित लक–डाउनको समयमा धेरैको रोजगारी गुमेको तथा आर्थिक गतिविधि ठप्प भएको अवस्थालाई मध्यनजर गर्दै ग्राहकलाई राहत दिने तथा एलपी ग्यास विस्थापन गरी इन्डक्सनसहित विद्युतीय चुल्हो प्रयोगमा प्रोत्साहन गर्ने उद्देश्यले त्यस्तो निर्णय गरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पुनले बताए ।

लक–डाउनका कारण खाना पकाउने ग्यासको अभाव देखिएकाले त्यसको विकल्पमा इलेक्ट्रिक कुकिङलाई प्रोत्साहन गर्न तथा सरकारले जनतालाई राहत दिनुपर्ने भएकाले विद्युत् महशुलमा छुट गर्न लागिएको मन्त्री पुनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x