मंसिर १४, २०८०
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
प्रदेश सभा सदस्य विजय सुवेदीको संयोजकत्वमा कोरोना प्रकोपविरुद्ध जिल्लास्तरीय व्यवस्थापन समिति चितवन गठन भएको छ ।
जिल्लाका जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख र सरोकारवालाको शुक्रवार साँझ जिल्ला प्रशासन कार्यालय चितवनमा भएको भेलाले १५ सदस्यीय समिति गठन गरेको हो ।
समितिको सदस्यमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चितवनका अध्यक्ष यमबहादुर परियार र नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ रहेका छन् ।
यस्तै समितिका सदस्यमा जिल्लामा रहेका मेडिकल कलेजका प्रमुख, निजी अस्पताल समन्वय समितिका अध्यक्ष, नेपाल चिकित्सक सङ्घका केन्द्रीय उपाध्यक्ष, भरतपुर महानगरपालिकाका स्वास्थ्य विज्ञ, उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष र उद्योग सङ्घ चितवनका अध्यक्ष रहनुभएको छ । समितिको आमन्त्रित सदस्यमा जिल्लाका सबै नगरपालिका र गाउँपालिका प्रमुख एवं जिल्ला प्र्रहरी कार्यालय चितवनका प्रमुखलाई राखिएको छ ।
समितिको सल्लाहकार संयोजकमा प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोख्रेल र सहसंयोजकमा प्रदेशसभा सदस्य घनश्याम दाहाल रहनुभएको छ । सल्लाहकार समितिका सदस्यहरुमा जिल्लाका प्रदेशसभा सदस्य सबैलाई राखिएको छ । भेलाले समिति गठन गरेसँगै यस अघि गठन भएको भरतपुर कोरोना नियन्त्रण कार्यदललाई विगटन गरेको छ ।
भेलाले सो कार्यदलले सञ्चालन गरेको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालको व्यवस्थापन भरतपुर अस्पतालको व्यवस्थापनमा समायोजन गर्ने निर्णय गरेको समितिका संयोजक सुवेदीले जानकारी दिनुभयो । भेलाले नेपाल सरकारसमक्ष जिल्लामा नै कोरोना परीक्षण र आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन आग्रह गर्ने निर्णय गरेको छ ।
संयोजक सुवेदीले यस समितिले स्वास्थ्यसँगै मानवीय संवेदनशीलतालाई मध्यनजर गर्दै एकद्वार प्रणालीबाट प्रकोप व्यवस्थापन गर्न जुट्ने बताउनुभयो । स्थानीय तह प्रदेश र सङ्घसँग समन्वय गरेर आफूले काम गर्ने उनको भनाइ छ ।
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...