×

NMB BANK
NIC ASIA

इटालीमा कोरोनाले लियो ४४ डाक्टरको ज्यान, बाँचेका भन्छन् - फेरि पनि हाम्रो विकल्प छैन

चैत १५, २०७६

NTC
Sarbottam
तस्वीर - रोयटर्स
Premier Steels
Marvel

विश्वव्यापी महामारीको रुप लिएको कोभिड १९ ले इटालीमा ४४ जना चिकित्सकहरूको ज्यान लिएको छ ।

Muktinath Bank

हिजो मात्र संक्रमणबाट ४ जना चिकित्सकको मृत्यु भएको थियो भने आज २ जनाको मृत्यु भएको डेलीमेलको अनलाइन संस्करणले समाचार प्रकाशित गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इटालीमा हालसम्म ६ हजार ४ सय १४ भन्दा बढी स्वास्थ्यकर्मीहरू कोभिड १९ बाट संक्रमित भएका छन् । इटालियन रिसर्च इन्स्टिच्युटका अनुसार उनीहरूलाई कामबाट अलग्याएर छुट्टै आइसोलेसनमा राखिएको छ ।


Advertisment
Nabil box
Kumari

इटालीमा कूल संक्रमितमध्ये ८ प्रतिशत संक्रमण स्वास्थ्यकर्मीमा फैलिएको हो । संक्रमणका कारण ७० वर्षका चिकित्सक मार्सेलो उगोलिनी र ६९ वर्षकी मेडिकल काउन्सिलर अन्ना मारियाले पछिल्लो पटक ज्यान गुमाएका हुन् ।

Vianet communication
Laxmi Bank

‘हामीले गोली बारुदको युद्धजस्तै परिस्थितिको सामना गरेका छौं,’ इटालीको चिकित्सक महासंघका अध्यक्ष फिलिपो एनेल्लीको भन्दै उदृत गर्दै डेलीमेलले समाचार लेखेको छ, ‘हाम्रा परिवारहरू शोकमा छन्, फेरि पनि विकल्प छैन ।’

महासंघले चिकित्सकहरूको मृत्युको आंकडा अझ बढी हुन सक्ने चेतावनी दिएको छ । फिलोपो भन्छन्, ‘मृत्युको कारण कोभिड १९ भाइरस नै हो भन्ने पुष्टि नभएपनि धेरै डाक्टरहरू उपचार गर्दागर्दै ज्यान गुमाएका छन् ।’

इटालीमा कोभिड १९ का कारण एकैदिनमा ९ सय ६९ जनाको मृत्यु भएको छ । एकदिनको आंकडा हेर्ने हो भने विश्वमा अहिलेसम्मकै यो धेरै मृत्यु हो ।  

इटालीमा ८६ हजार ४ सय ९८ संक्रमित छन् भने ९ हजार १ सय ३४ जनाको मृत्यु भइसकेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x