कोरोनाका कारण तुहियो भव्य बिहे गर्ने सपना, अर्को एक जोडीको बिहे भिडियो कन्फरेन्समा

विश्वव्यापी महामारी बनेर फैलिएको कोभिड १९ का कारण पूरै भारत लक-डाउनको स्थितिमा छ ।

उत्तर प्रदेशको बिजनौरमा धेरै पहिलादेखि धुमधाम बिहे गर्ने योजना बनाएर बसिरहेका एक युवा त्यतिबेला छाँगाबाट खसेजस्तो भए, जतिबेला सरकारले देशव्यापी लक-डाउन गरिदियो ।


Advertisement

तर पनि उनले बिहे रोक्न भने मानेनन् । उनी सरासर मोटरसाइकल लिएर गए र दुलहीलाई पछाडि राखेर ल्याए ।

२२ वर्षका दुलाहा विकास कुमार पछिल्लो १८ महिनादेखि आफ्नो धुमधाम बिहे हुने प्रतिक्षामा बसिरहेका थिए । १८ महिनाअघि उनले मनपराएकी युवतीसँग इन्गेजमेन्ट भएको थियो ।


Advertisement

विकासले चाहन्थे कि उनीहरूको विवाह भव्य होस् । तर कोरोनाको प्रकोपका कारण विकासको सपना पूरा हुन सकेन ।

दुलाहा, दुलही र केही आफन्तहरूको बीचमा गरिएको विवाहमा सबैले मास्क प्रयोग गरेका थिए । सबैले हातमा स्यानिटाइजर पनि लगाए । ‘भव्य तरिकाले बिहे गर्ने मेरो योजना बर्बाद भयो,’ स्थानीय सञ्चारमाध्यमहरूसँग कुरा गर्दै विकासले भने, ‘अझै पनि खुसी छु । लकडाउन खुलेपछि बिहेको भोजभतेर भव्य बनाउने योजना छ ।’

त्यस्तै भारतको उत्तर प्रदेशमै गत बुधवार एक मुस्लिम जोडीले भिडियो कन्फरेन्समार्फत बिहे गरेको खबर समाचार एजेन्सी आईएएनएसले उल्लेख गरेको छ । लकडाउन सकिएपछि दुलहीलाई दुलाहाले घर लैजाने कार्यक्रम रहेको छ ।

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्