मंसिर १४, २०८०
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
सरकारले तत्काल नागरिकको घर घरमा गएर फोहर संकलनको व्यवस्था मिलाउन स्थानीय तहहरुलाई निर्देशन दिएको छ । शनिबार सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले विज्ञप्ती जारी गर्दै आजैदेखि घर घरमा गएर फोहर संकलनको व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।
आजैदेखि काठमाडौं उपत्यकाको फोहर संकलन र सिसडोलमा बिसर्जन शुरु भएको पनि मन्त्री मानन्धरले जानकारी दिए । कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिको सामना गर्नका लागि लकडाउनमा बस्नुपरेको यो अवस्थामा घरबाट निस्कने फोहोर व्यवस्थापनलाई चुस्त बनाउन मन्त्रालयका तर्फबाट पहल सुरु गरिसकिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
मन्त्रालयले आजैदेखि घरघरमा फोहर संकलक पठाई त्यसको समुचित व्यवस्थापनमा लाग्न देशभरका सम्पूर्ण महानगरपालिका, उपमहानगरपालिका,नरपालिकाहरुलाई निर्देशनात्मक अनुरोध गरेको हो । संघीय राजधानी काठमाण्डौको फोहोर व्यवस्थापनका सवालमा देखिएको समस्या समाधानका लागि काठमाण्डौं र ललितपुर महानगरपालिका तथा भक्तपुर नगरपालिकासहित सबै नगरपालिकाहरुलाई तत्काल समाधान हुनेगरी काम थाल्न समेत अनुरोध गरिएको छ ।
उपत्यकाको फोहोर उत्सर्जन हुने स्थान सिसिडोलमा पनि गर्मीसँगै फैलने दुगन्र्ध रोकथाम र किटाणु नासका लागि आवाश्यक औषधीको व्यावस्थापन गराउने काम तत्काल थालनी गर्न उपत्यकाका नगरपालिकालाई निर्देशन दिईसकिएको विज्ञप्तीमा उल्लेख छ । साथै संक्रमणको जोखिम न्युनिकरणका लागि बिहान ८ बजेभित्र फोहर बसिर्जनको ब्यवस्था मिलाउन उपत्यकाका नगरपालिकाहरुसँग मन्त्रालयले आवश्यक पहल गरिसकेको उल्लेख गरिएको छ ।
फोहोर संकलनमा खटिने संकलक र सवारी चालक तथा अन्य कर्मचारीलाई आवाश्यक स्वास्थ्य सुरक्षा सामाग्रीको व्यवस्थापन मिलाउने कामको थालनि समेत भईसकेको मन्त्री मानन्धरले जानकारी दिएका छन् । अव्यवस्थित रुपमा फालिने फोहरका कारण सहरी क्षेत्रमा हुनसक्ने विभिन्न खाले संक्रमणलाई मध्यनजर गर्दै संकलक नआउँदासम्म घरमै कुहिने र नकुहिने फोहरलाई छुट्टा छुट्टै ब्यवस्थित रुपमा व्यवस्थापन गरिदिनुहुन सहरबासीलाइ मन्त्री मानन्धरले आग्रह समेत गरेका छन् ।
घर बाहिर फोहर फाल्नेलाई कारबाही गरिने तयारी समेत गरिएको छ । फोहोरका कारण फैलनेसक्ने संक्रमणलाई मध्यनजर गर्दै सदा झै फोहोर विर्सजनका लागि सिसिडोलबासीले गर्नुभएको सहजकिरणको प्रशंसा समेत गरिएको छ । मन्त्रालय र सरोकारवाला निकायको पहलमा आजैदेखि सिसडोलमा फोहर बिसर्जन सुरु भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । मन्त्री मानन्धरले त्यहाँ निर्माण गर्नुपर्ने पूर्वाधार लगायतका आवाश्यक संरचना व्यवस्थापनको काम समेत यथासिघ्र थालनी गराउने प्रतिवद्धता समेत जनाएका छन् ।
तत्काल देखिन सक्ने समस्या समाधानका लागि हात धुले प्रयोजनका लागि काठमाडौं महानगरपालिकाले ट्यांकी, मास्क लगायतका सामग्रीहरु उपलब्ध गराएको र थप ब्यवस्थापनका लागि मन्त्रालयले पहल गरिसकेको मन्त्री मानन्धरले बताए । ।
अव्यवस्थित रुपमा फलिने फोहरका कारण सहरी क्षेत्रमा हुनसक्ने विभिन्न खाले संक्रमणलाई मध्यनजर गर्दै राष्ट्रिय विपद्को यो घडीमा संयमता अपनाउन सबै पक्षलाइ मन्त्री मानन्धरले अनुरोध समेत गरेका छन् । आफू उक्त क्षेत्रको जनप्रतिनिधी समेत भएका नाताले सिसडोल र बन्चरेडाँडाको समस्या समाधानमा सदा प्रतिवद्ध रहने बाचा समेत मन्त्री मानन्धरले गरेका छन् ।
संकटको बेलामा सबै पक्ष गम्भिर बनेर छलफलका माध्यमबाट समाधानको खोजिमा लाग्नुपर्ने बेला आएको विज्ञप्तीमा उल्लेख छ । विपद्को घडीमा ध्रैयता र संयमता अपनाउन पनि सबै पक्षलाई मन्त्री मानन्धरले आग्रह गरेका छन् । सहरी क्षेत्रमा संकटको सामना गर्नका लागि स्थानिय तह र वडा कार्यालयसम्म नै उद्धार, उपचार र यन्य अत्यावश्यकिय व्यवस्थापनका लागि सहरी क्षेत्रका सबै स्थानमा तत्काल संरचना तयार पार्न देशभरका सबै नगरपालिकालाई मन्त्रालयले अनुरोध गरेको छ ।
संघ, प्रदेश र सबै स्थानिय तह मार्फत फोहर संकलन र ब्यवस्थापन लगायतका कामलाई तिब्रता दिलाउने र सम्भावित संकटको सामना गर्न उद्धदार र राहतका लागि समेत सबै स्थानिय तहका संरचनालाई तयारी अवस्थामा राख्नुपर्ने आवश्यकतालाई ध्यान दिन मन्त्री मानन्धरले आग्रह समेत गरेका छन् । सहरी क्षेत्रमा नागरिकको बाक्लो बसोबास लगायतका कारणले कोरोनाको संक्रमण फैलने सम्भावना उच्च रहेकाले आवश्यक क्वारेन्टाइन निर्माणका लागि विभिन्न विकल्पसहति मन्त्रालय तयारी अवस्थामा रहेको पनि मन्त्री मानन्धरको विज्ञप्तिमा उल्लेख छ । सम्भावित संक्रमितका लागि अस्थायी आवास क्वारेन्टाईनको प्रवन्ध लगायतको व्यस्थापनका लागि सहरी विकास मन्त्रालय तयारी अवस्थामा रहेको उल्लेख छ ।
प्रत्यक्ष सरोकार रहने भएकाले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि गठन भएको नेपाल सरकारको उच्चस्तरीय समितिलाई आवश्यक सहयोग र समन्वयका लागि समेत मन्त्रालय तयारी अवस्थामा रहेको मन्त्री मानन्धरले जानकारी दिएका छन् ।
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...