×

NMB BANK
NIC ASIA

गाउँघरमा ‘अपरिचित व्यक्तिलाई प्रवेश निषेध’

चैत १५, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

कोभिड–१९ को संक्रमण हुने त्रासले स्थानीयले अपरिचित व्यक्तिलाई टोलटोल प्रवेशमा रोक लगाउन थालेका छन् ।

Muktinath Bank

रुपन्देहीको सैनामैना नगरपालिकाका विभिन्न वडामा संक्रमण बढ्ने भयले विभिन्न टोलमा स्थानीयले ‘अपरिचित व्यक्तिलाई प्रवेश निषेध’ भनेर प्लेकार्ड टाँगेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सैनामैना नगरपालिका–४ स्थित नयाँ बस्ती, हरियाली बस्ती तथा वडा नम्बर ५ स्थित शान्ति टोल, रामबस्ती टोल लगायत क्षेत्रमा बाँसका घारा तथा मुढा तेर्साएर आवतजावत गर्न रोक लगाइएको छ ।


Advertisment
Nabil box
Kumari

शान्ति टोलका नारायण भुसालले संक्रमण हुने सम्भावना बढी भएकाले यस्तो कदम चाल्न परेको उल्लेख गर्दै अत्यावश्यक एम्बुलेन्स र दूधको गाडीका लागि बाटो सहज बनाइएको बताए ।

Vianet communication
Laxmi Bank

सैनामैना नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाध्यक्ष रत्नबहादुर पौडेलले बाटामा रोक लगाउने नीति नभएपनि केही व्यक्ति गैरजिम्मेवार रुपमा घुमफिर गरेकाले स्वतस्फूर्त रुपमा स्थानीयले बाटामा आवतजावत गर्न रोक लगाएको हुन सक्ने बताए ।

गाउँपालिकामा साबुन र मास्क 

रुपन्देहीको मधेसी र थारु समुदायको बाहुल्य रहेको गाउँपालिकामा स्थानीय तहले कोरोना भाइरसको संक्रमण फैलिन नदिन स्थानीयवासीलाई साबुन, मास्क र स्यानिटाइजर वितरण गरेका छन् ।

समुदायका व्यक्तिलाई सचेत गराउन प्रचारप्रसारको काम हुनाका साथै साबुन, मास्क र स्यानिटाइजर वितरण भइरहेको शुद्धोधन गाउँपालिकाका अध्यक्ष किशुनचन्द्र चौधरीले जानकारी दिए ।

गाउँपालिकाले वडा नम्बर ३ स्थित रमुवापुरमा रहेको यज्ञोदय दूधनाथ थारु बहुमुखी क्याम्पसलाई अस्थायी क्वारेन्टाइन बनाएको छ । पालैपालो रहने गरी तीन चिकित्सक र स्वास्थ्यकर्मी क्वारेन्टाइनमा रहेको गाउँपालिकाका अध्यक्ष चौधरीले बताए ।

गैडहवा गाउँपालिकाका पनि साबुन र मास्क वितरण गरिएको छ । विभिन्न वडाका वडाध्यक्षमार्फत साबुन र मास्क वितरण भएको गाउँपालिकाका अध्यक्ष बच्चुलाल केवटले जानकारी दिए । त्यहाँ १५ शय्याको क्वारेन्टाइनमा केही स्वास्थ्यकर्मी रहने बताइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x