भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस रोकथामका लागि ‘पीएम केयर फन्ड’ स्थापना गरे लगत्तै एक बलिउड अभिनेताले सहयोगको घोषणा गरेका छन्।
मोदीले शनिबार ट्वीट गर्दै भनेका छन्, ‘यो कोष कोरोनाजस्ता विषम परिस्थितिमा सहयोग चाहिएकाहरुसम्म मद्दत पुर्याउने माध्यम बन्नेछ।’ उनले उक्त कोषमा सहयोग गर्न आह्वान गरेका थिए।
लगत्तै बलिउड अभिनेता अक्षयकुमारले २५ करोड भारु (४० करोड नेपाली रुपैयाँ) सहयोग गर्ने घोषणा गरेका हुन्। ‘यो बेला मानव जीवन महत्त्वपूर्ण छ। हामीले हरसम्भव योगदान गर्नुपर्छ । मलाई २५ करोड रुपैयाँ कोषमा दान गरेकोमा खुसी लागेको छ।’
This is that time when all that matters is the lives of our people. And we need to do anything and everything it takes. I pledge to contribute Rs 25 crores from my savings to @narendramodi ji’s PM-CARES Fund. Let’s save lives, Jaan hai toh jahaan hai. 🙏🏻 https://t.co/dKbxiLXFLS
— Akshay Kumar (@akshaykumar) March 28, 2020
लोकान्तर संवाददाता