काेराेना नियन्त्रणमा खटिएका सैनिकलाई प्रधानसेनापतिकाे निर्देशन: बहादुरी होइन, वुद्धि र विवेक प्रयोग गर्नुस्

प्रधानसेनापति पूर्णचन्द्र थापाले कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रणमा खटिने सैनिकलाई १० बुँदे निर्देशन दिएका छन्। 

सैनिक सेवाको मर्यादा र धर्म बुझेर काम गर्न निर्देशन दिँदै उनले ‘बहादुरी होइन, वुद्धि र विवेक प्रयोग गर्न’ भनेका छन्।


Advertisement

थापाले नागरिकप्रति सधैँ सदाचार, भद्र व्यवहार र मानवीयता प्रदर्शन गर्न भनेका छन्। निर्देशनमा भनिएको छ, ‘आफ्नो बोली र व्यवहारले मात्रै पनि अरुको सोचमा परिवर्तन ल्याउन सकिन्छ, आ–आफ्नो दैनिकिमा परिवर्तन गर्न सबैलाई अभिप्रेरित गर्नुहोस्।’

काेराेनाबाट सुरक्षित रहन व्यक्तिगत सरसफाइ उच्चस्तरमा राखी अरुसँग सदैव १.५ मिटर भन्दा बढी शारीरिक दूरी कायम गर्न सुझाव सैनिकहरुलाई दिइएको छ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्