सर्वदलीय राजनीतिक संयन्त्र बनाउन साझा पार्टीको सुझाव

साझा पार्टीले कोरोना भाइरस रोकथामका लागि उच्चस्तरीय सर्वदलीय राजनीतिक संयन्त्र र उच्चस्तरीय विज्ञसमितिको गठन गर्न सरकारसँग माग गरेको छ।

प्रधानमन्त्री केपी ओलीको नाममा लेखिएको सुझावपत्र शनिबार पार्टीका संयोजक रवीन्द्र मिश्र तथा प्रवक्ता सूर्यराज आचार्यले उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई हस्तान्तरण गर्नुभएको सो पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।


Advertisement

कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा उपचारका लागि वर्तमान अवस्थाको गम्भीरतालाई हेर्दा सरकारको नियमित र घनिभूत क्रियाशीलताका साथै राष्ट्रिय सहमति प्रतिबिम्वित् हुने राजनीतिक तहको ऐक्यबद्धतापूर्ण निर्णय जरूरी रहेको साझा पार्टीले जनाएको छ । 

 
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्