एकलटारका विपन्न परिवारलाई खाद्यान्न वितरण

File Photo

काठमाडौँ महानगरपालिका–१६ एकलटारका  पाँच विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको छ। 

न्यूरोडमा व्यवसाय गर्दै आएका विवेक शर्माले शनिबार नागार्जुन एकलटार पुगेर खानाको अभावमा बसेका पाँच विपन्न परिवारलाई खाद्यान्न वितरण गरेका हुन्। 


Advertisement

उनले तीन÷तीन जनाको पाँच परिवारलाई प्रति परिवार दश किलोग्राम चामल, दुई किलोग्राम दाल, एक किलोग्राम नुन, आधा लिटर तेल, दुई किलोग्राम आलु र एक पाकेट साबुन वितरण गरे। शर्माले ‘मिसन अन्नपूर्ण’ भन्ने अभियानमार्फत उनीहरुलाई सहयोग गरेका हुन्। 

उनले काठमाडौँ, भक्तपुर र ललितपुरमा बस्ने जोकोही खानाको अभाव भए फोन गर्न आग्रह समेत गरे।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्