×

NMB BANK
NIC ASIA

हिजो दिनभर : हालसम्म नेपालमा ५ जनामा कोरोना संक्रमण, काठमाडौँ बाहिर पनि नमूना परीक्षण शुरू

चैत १६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोनाको थप नयाँ संक्रमित फेला, यससँगै नेपालमा ५ जनामा संक्रमण

Muktinath Bank


स्वास्थ्य मन्त्रालयले कोरोनाको नयाँ संक्रमित फेला परेको जनाएको छ । शनिवार नियमित प्रेस ब्रिफिङ गर्दै स्वास्थ्य मन्त्रालयले कोभिड १९ को संक्रमित फेला परेको बताएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोरोनाबाट संक्रमित महिला १७ मार्चमा बेल्जियमबाट कतार हुँदै काठमाडौँ आएकी थिइन् ।


Advertisment
Nabil box
Kumari

कतार एयरवेजको फ्लाइट नम्बर क्युआर ६५२ मा आएकी १९ वर्षीय महिलामा कोरोना पोजिटिभ फेला परेको हो ।

Vianet communication
Laxmi Bank

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोनाको पछिल्लो संक्रमण उपत्यकाबाहिर देखिएको बताएका हुन् ।

यसअघि शुक्रवार धनगढीस्थित सेती प्रदेश अस्पतालमा भर्ना भएका एक युवालाई कोरोना संक्रमण देखिएको थियो भने ४ दिनअघि युएईबाट आएका धादिङका अर्का युवामा पनि संक्रमण देखिएको थियो ।

त्यो भन्दा अघि फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एक युवतीमा संक्रमण देखिएको थियो । 

नेपालमा कोरोना संक्रमण देखिएका पहिला युवा भने चीनको वुहानबाट आएका थिए । उनलाई जनवरीको तेस्रो साता परीक्षण गर्दा पोजिटिभ देखिएको थियो । उनी अहिले निको भइसकेका छन् ।

काठमाडौँ बाहिर पनि कोरोना भाइरसको नमूना परीक्षण, यी क्षेत्रमा पनि सेवा विस्तार हुने

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबारदेखि कोरोना भाइरसको नमूना परीक्षण शुरु गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले मिडिया ब्रिफिङ गर्दै उक्त जानकारी दिएका हुन्

यसअघि काठमाडौँको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र कोरोना भाइरस परीक्षण गरिन्थ्यो।  उनका अनुसार चीनबाट सामग्री आएपछि हेटौँडा, नेपालगञ्ज र पोखरामा पनि नमूना परीक्षण गरिने छ । 

कोरोनाबारे सर्वसाधारणलाई जानकारी दिन थप एक  कल सेन्टर विस्तार गरिएको छ। उनका अनुसार पहिले १११५ नम्बर र अर्को नयाँ ११३३ नम्बरको कल सेन्टर थप गरिएको छ।

दिनदिनै संक्रमण देखिएपछि नमूना परीक्षणको दायरा बढाइने उनले बताए। अहिलेसम्म ८७५ जनामा नमूना परीक्षण गरिएकामा पाँच जनामा मात्र संक्रमण देखिएको छ।

काेराेना नियन्त्रणमा खटिएका सैनिकलाई प्रधानसेनापतिकाे निर्देशन: बहादुरी होइन, वुद्धि र विवेक प्रयोग गर्नुस्

प्रधानसेनापति पूर्णचन्द्र थापाले कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रणमा खटिने सैनिकलाई १० बुँदे निर्देशन दिएका छन्। 

सैनिक सेवाको मर्यादा र धर्म बुझेर काम गर्न निर्देशन दिँदै उनले ‘बहादुरी होइन, वुद्धि र विवेक प्रयोग गर्न’ भनेका छन्।

थापाले नागरिकप्रति सधैँ सदाचार, भद्र व्यवहार र मानवीयता प्रदर्शन गर्न भनेका छन्। निर्देशनमा भनिएको छ, ‘आफ्नो बोली र व्यवहारले मात्रै पनि अरुको सोचमा परिवर्तन ल्याउन सकिन्छ, आ–आफ्नो दैनिकिमा परिवर्तन गर्न सबैलाई अभिप्रेरित गर्नुहोस्।’

काेराेनाबाट सुरक्षित रहन व्यक्तिगत सरसफाइ उच्चस्तरमा राखी अरुसँग सदैव १.५ मिटर भन्दा बढी शारीरिक दूरी कायम गर्न सुझाव सैनिकहरुलाई दिइएको छ।

अख्तियारका आयुक्तहरुले १५ दिनको तलब कोरोना उपचार कोषमा जम्मा गर्ने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्तहरूले सरकारले स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा आफ्नो १५ दिनको पारिश्रमिक दिने भएका छन् ।

शनिवार एक विज्ञप्ति जारी गर्दै अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले प्रमुख आयुक्त नवीनकुमार घिमिरे, आयुक्तद्वय डाक्टर गणेशराज जोशी र डाक्टर सावित्री थापा गुरुङले आफ्नो शुरुको तलब स्केलको १५ दिनको रकम जम्मा गर्ने बताएका हुन् ।

त्यस्तै कोषमा अख्तियारमा कार्यरत सचिव लगायतका कर्मचारीहरूले भने गत चैत्र ११ मा बसेको नेपाल सरकारका सचिवहरूको बैठकले गरेको निर्णयबमोजिम रकम जम्मा गर्ने प्रवक्ता कोइरालाले बताए ।

कोरोना जाँच्ने चिकित्सक र औषधि बोकेको जहाज चिप्लियो, सबै यात्रु सकुशल

राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाई १२ जहाज नेपालगञ्ज विमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटना हुँदा त्यसमा सवार सबै जनालाई सकुशल तत्काल उद्धार गरिएको छ । 

काठमाडौंबाट कोरोना भाइरसका लागि चिकित्सक र औषधिजन्य सामग्री लिएर आएको नेपाल वायुसेवा निगमको जहाज नेपालगन्ज विमानस्थलमा अवतरण गर्ने क्रममा धावन मार्गदेखि ६० मिटर टाढा दक्षिणतिर चिप्लिएर दुर्घटना भएको नेपालगञ्ज उड्डयन प्राधिकरणका प्रमुख प्रेमनारायण ठाकुरले जानकारी दिए ।

नेपाल वायसेवा निगमको जहाज दुर्घटना भएलगत्तै उद्धार टोली खटिएको र जहाजमा रहेका चालक दललगायत चिकित्सकसहित ५ जनालाई तत्काल सकुशल उद्धार गरिएको र औषधिको सामान पनि निकालिसकेको प्रमुख ठाकुरले बताए ।

बाँके र धनगढीका क्वारेन्टाइनमा राखिएका बिरामीबाट संकलन गरिएको नमूना लिनका लागि आएको जहाज धावनमार्गमा चिप्लिएपछि नेपाल एयर लाइन्सकै अर्को जहाज इन्जिनियर सहितको टोली नेपालगञ्ज आउँदै गरेको र दुर्घटनाका कारण पछि खुल्ने उनले बताए ।

लकडाउनको अवज्ञा गर्नेलाई प्रहरीले कान समातेर उठबस गर्न लगायो

कोरोना संक्रमण फैलिन नदिन सरकारले गरेको बन्दाबन्दी (लकडाउन)को अवज्ञा गरेको भन्दै प्रहरीले काठमाडौंको बालाजु माछापोखरीमा बाटोमा हिँडेकालाई कान समातेर उठबस गर्न लगाएको छ ।

लकडाउन अवज्ञा गर्दै हिँडेका युवालाई सडकमा खटिएका सुरक्षाकर्मीले शनिवार मध्यान्ह उठबस गराएको हो । ‘काम परेपनि बिहान बेलुका मात्र निस्कन आग्रह गर्ने गरेका छौं, अटेर गर्नेलाई उठबस गराएको हो’ सडक सुरक्षामा खटिएका सशस्त्र प्रहरीका अधिकारीले भने ।

नेपाल प्रहरीले लकडाउनको अवज्ञा गर्ने दर्जनौलाई हिजो काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरेको थियो । महानगरीय प्रहरी कार्यालयका प्रमुख विश्वराज पोखरेलले बाटोमा निस्किएका व्यक्तिलाई सम्झाई बुझाई गर्ने गरिएको तर अटेर गर्नेलाई पक्राउसमेत गर्ने गरिएको जानकारी दिए ।

सरकारले कोरोना संक्रमण फैलिन नदिन चैत्र १८ गतेसम्म लकडाउन गरेर औषधी लगायत अत्यावश्यक सामान किन्न बाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x