कात्तिक १८, २०८०
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
कर्णाली प्रदेशका १० वटा जिल्लामा कोरोना त्रास भारतबाट आएकाहरुकै कारण थप फैलिएको छ ।
दश वटा जिल्ला रहेको कर्णाली प्रदेशमा दुइ हजार भन्दा बढि क्वारेन्नटाइन बनिसकेका छन् । सबैभन्दा बढि सुर्खेत जिल्लामा क्वारेन्टाईन निर्माण भएको छ भने क्वारेन्टाईनमा पनि सुर्खेतमा नै सबैभन्दा बढि वयक्तिलाई राखिएको छ ।
सुर्खेत जिल्लामा शनिवारसम्म ४६० बेडसहितको क्वारेन्टाईन तयार भइसकेको जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर खड्काले जानकारी दिए । उनका अनुसार जिल्ला सदरमुकाममा अन्य ६०० बेडको क्वारेन्टाईन निर्माण भइरहेको छ । जिल्लामा रहेका अन्य पालिकाहरुको विवरण भने नआइसकेको उनको भनाइ छ । वीरेन्द्रनगरमा निर्माण गरिएका क्वारेन्टाइनमा १०४ जना बसिरहेका छन् ।
जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले शुक्रबार साँझसम्म २०२ शैयाको क्वारेन्टाइन तयार भएको बताइन् । सबै पालिकाले क्वारेन्टाइन बनाइसकेको बताउँदै उनले ३९ जना क्वारेन्टाइनमा बसिरहेको लोकान्तरलाई जानकारी दिईन । भारतबाट आएका ७५ जनालाई सेल्फ क्वारेन्टाइनमा राखिएको उनको भनाइ छ ।
डोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी देवी शर्माका अनुसार जगदुल्लामा ६० बेड, डोल्पोबुद्धले १ सय भन्दा बढि, सदरमुकाममा २० जना अट्ने, काइके गाउँपालिका र त्रिपुरासुन्दरी नगरपालिकाले पनि बनाएको जानकारी दिईन । नेपालगञ्जबाट एक सय जनाको टोली डोल्पा आइसकेको बताउँदै उनले उनीहरु सबैलाई राती दुइ बजे चेकजाँच गरेर मात्रै घर पठाइएको बताइन् ।
जिल्ला प्रशासन कार्यालय सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछानेका अनुसार जिल्लामा स्वास्थ्य सेवा कार्यालयले २० जनाको लागि क्वारेन्टाइन बनाएको जानकारी दिए । अन्य स्थानीय तहमा कहाँ कति क्वारेन्टाइन बने र कतिजना बसिरहेका छन भन्ने जानकारी प्राप्त भइ नसकेको उनको भनाइ छ ।
जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाका अनुसार सोरु गाउँपालिका बाहेक अन्य गाउँपालिकामा न्यूनतम २५ जना अट्नेगरी क्वारेन्टाइन् बनिसकेको जानकारी दिए । जिल्लामा ८५ जनाकालागि क्वारेन्टाईन बनाइएको बताउँदै उनले सोरु गाउँपालिकासँग सम्पर्क गर्ने प्रयास भइरहेको जानकारी दिए । भारतबाट आएकाहरुबाट नै नागरिक त्रसित रहेको बताउँदै वढा अध्यक्ष तथा जनप्रतिनिधिको निगरानीमा उनिहरुलाई सेल्फ क्वारेन्टाइनमै बस्न दिइएको उनको भनाइ छ ।
जिल्ला प्रशासन कार्यालय कालिकोटका प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले ६२१ बेडको क्वारेन्टाईन बनाइसकिएको बताए । शुक्रबारसम्म जिल्लामा रहेका विभिन्न क्वारेन्टाइनमा भारतबाट आएका ५१ जनालाई राखिसकिएको उनको भनाइ थियो ।
जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले ६८ जनाको निगरानी भइरहेको बताए । उनीहरु सबै जना भारतबाटै आएकाले उनिहरुको पालिकाले नै निगरानी गरि होम क्वारेन्टाइनमा राखिएको तथा अन्य पाँच जनालाई सबै पालिकाले खर्च व्यहोर्ने गरि जिल्लामा राखिएको बताए ।
जिल्ला प्रशासन कार्यालय दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जिल्लाका विभिन्न स्थानमा हालसम्म १३८ बेडको क्वारेन्टाईन निर्माण भइसकेको जानकारी दिए । यसका अतिरिक्त जिल्लामा ३३ बेडको आइसोलेसन, तीन बेडको स्वास्थ्य सेवा कार्यालयमा हाइ केयर युनिट बनाईएको छ भने ८ जना दुल्लुमा क्वारेन्टाईनमा बसिरहेको उनको भनाइ छ । हाल जिल्लाको आठबीस नगरपालिकाको वडा नं. ४ मा दुइ जना आइसोलेसन बेडमा उपचार गराइरहेको प्रजिअ कट्टेलको भनाइ थियो ।
यता, प्रदेश अस्पतालका कन्सल्टेन्ट फिजिसियन तथा कोरोनाका फोकल पर्सन डा. के. एन. पौडेलले प्रदेश अस्पताल सुर्खेतमा ५० वटा आइसोलेसनको बेड तयार भएको जानकारी दिए । ‘हामीले अहिले ५० वटा बेड आइसोलेसनकालागि तयार पारेका छौं,’ उनले भने, ‘विहारमा स्थानीयबीच नै कोरोना फैलिरहेका कारण विगतको भन्दा बढि सजग र सचेत रहनुपर्ने अवस्था आएको छ ।’
प्रदेश अस्पतालले अहिलेसम्मा कोरोनाको संक्रमण भए नभएको जाँच गर्न टेकु अस्पतालमा ११ जनाको स्याम्पल पठाइसकिउको जानकारी दिए । ‘एघार जनामा दुइ जना तेश्रो देशका नागरिक तथा अन्य सबै भारतबाट आएका नागरिकको स्वाब परिक्षणकालागि पठाइएको थियो ।’ उनले भने, ‘ती मध्ये ७ जनाको रिर्पोट आइसकेको छैन । चार जनाको रिर्पोट नेगेटिभ आएको छ ।’
उनका अनुसार प्रदेश अस्पतालमा विगतका भन्दा ज्वरो आएका रोगीहरुको आवागमनमा कमी भएको छ । ‘विगतमा भन्दा कम व्यक्ति ज्वरो आएको बताउँदै अस्पतालमा उपचार गर्न आइरहेका छन्,’ डा. पौडेलले भने, ‘कम्तिमा स्वास्थ्यकर्मीको सम्पर्कमा रहि असपताल आउनै पर्ने अवस्था भएमात्र आउन नागरिकलाई आग्रह गरेका छौं । हामीले हाम्रो नम्बर चौविसै घण्टा खुला राखेका छौं ।’ ज्वरो आएको खण्डमा, खोकी लागेको खण्डमा स्वास्थ्यकर्मीको निरन्तर सम्पर्कमा रहिरहन उनले आग्रह गरे ।
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...