पुस २२, २०८०
हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...
अहिले भारतमा बन्दाबन्दीको बेलामा रामायण र महाभारत धारावाहिकहरू दूरदर्शनमा प्रसारण गरिँदैछन् ।
यससँगै महाभारतमा कृष्ण बन्ने नीतीश भारद्वाजको पनि चर्चा हुन थालेको छ ।
उक्त धारावाहिकको शूटिङ गरेको ३० वर्षपछि भारद्वाजले आफूलाई उक्त महत्त्वपूर्ण भूमिका खेल्न आत्मविश्वास नभएकाले निर्देशक बीआर चोपडालाई हप्तौंसम्म छल्दै हिँडेको खुलासा गरेका छन् ।
कृष्णको भूमिका दिइनुअघि नीतीशलाई विदुरको भूमिका दिइएको थियो । तर वीरेन्द्र राजदानले उक्त रोल लिए ।
यसका बारेमा नीतीशले बताए, ‘मलाई शुरूमा विदुरको भूमिका दिइएको थियो । त्यसपछि मलाई सेठ स्टुडियोमा शूटिङका लागि बोलाइयो । म मेकअप रूममा हुँदा वीरेन्द्र राजदान वस्त्र लगाएर आए अनि विदुरको रोल आफूले लिएको बताए । मैले भनें, ‘तिमी कसरी विदुर हुन सक्छौ ? त्यो भूमिकामा शूट गर्न त उनीहरूले मलाई बोलाएका हुन् ।’ तर राजदानले मैले त वस्त्र लगाइसकें अब शट लिन जान्छु भने ।’
‘अनि म रवि चोपडालाई भेट्न गएँ । हामीले पहिले नै दुईवटा विज्ञापनको शूटिङ गरिसकेका थियौं र एकअर्कालाई राम्ररी चिन्थ्यौं । उनले मलाई भने, ‘तिमी जम्मा २३ वर्षका छौ । केही एपिसोडपछि विदुर बूढा हुनेछन् । तिमीलाई त्यो भूमिका सुहाउँदैन ।’ त्यसपछि म महाभारतमा बेरोजगार भएँ ।’
त्यसपछि नीतीशलाई नकुल र सहदेवको भूमिका दिइयो तर उनले अभिमन्युको भूमिका खेल्न मन गरे ।
निकै दिन बितेपछि उनलाई कृष्णको भूमिका दिइयो । शुरूमा त उनले त्यस्तो गहन भूमिका आफूले गर्न सकुँला र भनी टार्न खोजे ।
पछि एक दिन उनी बीआर चोपडासँग ठोक्किन पुगे । चोपडाले भने, ‘कृष्णका लागि स्क्रीन टेस्ट लिन खोजिरहेको छु, तिमी चाहिँ भाग्दै हिँड्छौ ।’
अनि मैले उनलाई भनें, ‘महानायक कृष्णको भूमिकामा त अलि अनुभवी मान्छे चाहिएला नि, म जस्तो नयाँ कलाकारले कसरी सक्छ ?’
त्यसपछि बीआर चोपडाले भने, ‘एकचोटि स्क्रीन टेस्ट त दिइहेर ।’
स्क्रीन टेस्ट पास गरेपछि नीतीशले कृष्णको भूमिका खेले अनि त्यसले उनलाई चौतर्फी प्रशंसा दिलायो ।
हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...
गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...
गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...
अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् । शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...
‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ । आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ । ...
कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् । निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ । उ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...