कात्तिक २३, २०८०
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
कुनै पनि महमारी फैलिँदा सबभन्दा बढी समस्या गरीबहरूले भोग्नुपर्छ । तर मानिसहरू गरीबलाई नै महामारी फैलाएको दोष दिन्छन् ।
धनाढ्य तथा मध्यमवर्गीय मानिसहरू गरीबले नै महामारी फैलाउँछन् भन्ने धारणा राख्छन् । तर इतिहास हेर्ने हो भने महामारीहरू अभिजात वर्गबाट शुरू भएर मध्यमवर्ग हुँदै गरीबसम्म आइपुग्छन् ।
सन् १६५ देखि १८० सम्म फैलिएको एन्टोनाइन प्लेग होस् कि सन् १५२० मा फैलिएको बिफर होस् । त्यस्तै येलो फिभर, रसियन फ्लु, एसियन फ्लु, हैजा यी सबै रोग कसरी फैलिए भनी हेर्दा यिनका प्रथम वाहकहरू धनी वर्गका केही मानिस वा धनाढ्य बन्नका लागि प्रयास गरिरहेका मध्यमवर्गहरू नै देखिन्छन् ।
यी महामारीहरू नयाँ संसारको खोजीमा रहेका अन्वेषकहरू, व्यापारीहरू, जहाजका कर्मचारीहरू, युद्धमा गएका वा युद्धबाट फर्केका सैनिकहरू, पर्यटकहरू र उपनिवेशवादी व्यापारिक कम्पनीका अधिकारीहरूमार्फत नै फैलिएका पाइन्छन् ।
अनि तत्तत् देश तथा समाजका कम गतिशील मध्यमवर्ग र तिनैमार्फत देशका निम्न वर्ग र समाजका अन्य सदस्यमा महामारी फैलिन्छ ।
अहिले फैलिएको कोरोना पनि पर्यटकहरू र हवाईयात्रा गर्ने हैसियत भएकाहरूले फैलाएका हुन् । विदेशमा काम गरिरहेका मानिस, पाँचतारे होटलमा पार्टी गर्नेहरू, अनि महंगा गन्तव्यमा गएर हनीमून मनाउनेहरूको शरीरमा भाइरस पसेर तिनैबाट समाजमा भाइरस फैलिएको हो ।
भूमण्डलीकरण र नवउदारवादी अर्थतन्त्रको सर्वाधिक फाइदा उठाउने केही मानिसले नै देशमा कोरोना फैलाएको देखिन्छ ।
अहिले यसले गर्दा ट्याक्सी चालक, होटलका वेटर, सैलुन चलाउनेहरू अनि कमाइका लागि जन्मथलोबाट टाढा गएकाहरू समस्यामा परेका छन् । निरपेक्ष रूपमा हेर्ने हो भने समाजको प्रभावशाली वर्गका केही मानिसको गतिविधिसँगै कोरोना महामारी गरीब वर्गसम्म पुगेको हो ।
गरीबहरू फोहरमा बस्न बाध्य भएकाले रोग र महामारी उनीहरूले नै फैलाउँछन् भन्ने भ्रम धेरैलाई छ । तर उनीहरू यस रोगका प्रथम वाहक हैनन् ।
संसारभरि महामारीहरू कसरी फैलिन्छन् भन्ने विषयमा हासिल गरिएका अनुभवले मानिसलाई कमन सेन्समा आवश्यक परिवर्तन गर्नुपर्ने माग राख्छ । रोग फैलिनुलाई गरीबीसँग जोड्ने आम मानिसको अवधारणालाई त्याग्नुपर्छ ।
कोरोनाको संक्रमण रोक्नका लागि लकडाउन नै सबभन्दा प्रभावकारी उपाय हो तर त्यसको कहर दैनिक मजदूरी गर्नेहरू, अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरू र गाउँका किसानहरूले भोग्नु परिरहेको छ ।
तर विभिन्न देशका सरकारले गरीबहरूको समस्याप्रति संवेदना राख्दै अनेकौं योजना सार्वजनिक गरिरहेका छन् ।
यस्तै संवेदनशीलता तथा यथार्थ दृष्टिकोणबाट हामीले महामारी कसरी फैलिन्छन् भनी बुझ्नुपर्ने हुन्छ ।
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...