×

NMB BANK
NIC ASIA

कोरोना कहर : चिनियाँ सामान अत्यधिक मह‌ँगोमा

चैत १७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सरकारले जहाज पठाएर चीनबाट कोरोना कोराना उपचार सामग्री ल्यायो। यसलाई प्रशंसा गर्न तम्सिएका सर्वसाधारण तब जिल्ल परे, जब यसको मूल्यमा धेरै गुणा फरक परेको तथ्य थाहा पाए।

Muktinath Bank

चीनमै व्यापार गरेर वर्षौंदेखि बसिरहेका नेपालीले वास्तविक मूल्य सार्वजनिक गर्न थालेपछि स्वास्थ्य मन्त्रालय अप्ठ्यारोमा परेको छ। बजार मूल्यसँग तुलना गर्दा प्रमुख ५ सामानमा नेपाली एक अर्ब रुपैयाँभन्दा बढी फरक परेको छ। उपचारका लागि अत्यावश्यक पीपीई, कोरोना परीक्षण गर्ने किट, एन ९५ मास्क, सर्जिकल‌ मास्क, थर्माेमिटरलगायत १‌ करोड ३ लाख ९ हजार ४ सय डलर मूल्यको‌ स्वास्थ्य समाग्री‌ सरकारले ल्याएको छ।‌


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल–चीन पारिस्पारिक सहयोग समाजका अध्यक्ष प्रेमसागर पौडेलले ती सामानको मूल्य अत्यधिक फरक परेको बताए। उक्त सामान किन्दा सार्वजनिक खरिद नियमावली प्रक्रियासमेत अबलम्बन गरिएको छैन। सस्तोमा दिन्छु भन्ने कम्पनी र उसको प्रतिनिधि नबोलाई खरिद गरिएको उनको भनाइ छ।


Advertisment
Nabil box
Kumari

चीनको गोन्जाओमा १५ वर्षदेखि व्यापार गर्दै आएका नवीन बिकले पनि स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई पत्र लेख्दै मूल्य अचाक्ली फरक परेको भन्दै ध्यानाकर्षण गराएका छन्। उनले बजार मूल्यमा चाहिएजति सामान पठाउन आफू तयार रहेको दाबीसमेत गरेका छन्।

Vianet communication
Laxmi Bank

स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलनमा चीन सरकारले सहयोग गर्न ढिला गरेकोले किन्नु पर्ने बाध्यता परेको प्रस्ट्याएको थियो।

सरकारले ४ हजार पिस क्लोरिन ६४ हजार डलरमा किनेको छ। १ डलरमा पाइने रेस्पिरेटर मास्क (एन९५) लाई ७ डलरमा किनेको छ। सरकारले ८० हजार पिस एन ९५ माक्स ६ लाख ६० हजारमा खरिद गरेको छ। २५ डलरमा पाइने थर्मोेमिटरलाई ६५ डलर हालेको छ। सरकारले १५ सय पिस थर्मोेमिटर ९७ हजार ५ सय डलरमा किनेको छ।

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष खेमराज रेग्मीले प्रश्न उठेका‌‌ कारण यथार्थ कुरा सरकारले जनता समक्ष ल्याउनु पर्ने बताए।

‘प्रश्न उठिसकेपछि जनतालाई सूचित गर्नु पर्छ’, उनले भने, ‘यस्तो बेला भ्रम पनि धेरै फैलन्छ। त्यो गलत हो‌ भने कानुन बमोजिम‌ कारवाही गर्नु प¥र्यो। होइन भने यथार्थ कुरा बाहिर ल्याउनु पर्छ।’

पूर्वसचिव रेग्मीले आपतविपत्मा सरकार जनताको‌‌ सेवामा लाग्नु पर्ने बताउँदै भने, ‘यो कमाउने बेला होइन।’ अनावश्यक‌ भ्रम‌ फैलाउन नहुनेमा उनले जोड दिएका छन्।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले ती सामान खरिदमा अनियमितता नभएको स्पष्टीकरण दिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा महानिर्देशक श्रेष्ठले भने, ‘संसारभर सामान छैन। केही महँगो भएको हुन सक्छ तर समयमा त्यो भएन भने त्यसबाट हुने प्रभाव असाध्यै धेरै हुन्छ। स्वास्थ्य मन्त्रालय पारदर्शितामा अत्यन्तै सचेत छ।’ अन्नपूर्ण पोस्टमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x