कात्तिक २०, २०८०
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
सरकारले सबै सीमा नाका बन्द गरेको १ हप्ता पुगेको छ । कोराना भाइरसको रोकथामको लागि भन्दै सीमा नाका बन्द गरिएको भनिएको थियो तर लुकेर आउने र प्रशासनले सुविधासहित भित्र्याउने क्रम निर्वाध रुपमा चल्दै आएको छ ।
सरकारले गत चैत ११ गते भारतबाट फर्केर गौरीफन्टा नाकामा रोकिएका १ हजार नेपालीलाई अन्तिम पटकको लागि भन्दै प्रवेश दिएको थियो तर सुदूरपश्चिम प्रदेशस्थित विभिन्न सीमा नाका हुँदै भित्रिने क्रम दिनहुँ जारी रहेको छ ।
कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, दार्चुलाको पुलघाटलगायत सीमा नाका भएर आउने र जानेक्रम जारी रहेको पाइएको छ ।
सीमा नाका बन्द भएपनि भारतमा रहेका ६८ जना नेपाली जंगलको बाटो हुँदै लुकेरै नेपाल प्रवेश गरे । भारतको पलियाबाट पैदल हिँडेर धनगढी पुगेका उनीहरूलाई प्रहरीले मोहना नदीको घाटबाट नियन्त्रणमा लिएको थियो । पछि प्रशासनले गाडीको व्यवस्था गर्दै उनीहरूकै थातथलो पुर्यायो ।
धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले नियन्त्रणपछि धनगढीका १२ जनालाई क्वारेन्टाइनमा राखिएको र बाँकीलाई सम्बन्धित स्थानीय तह तथा सम्बन्धित जिल्लामा पठाएको जानकारी गराए । गौरीफन्टा नाका भएर बाँके जिल्लाका १५, डोटीका ४, बाजुराका १३, बैतडीका १, अछामका १ र डडेल्धुराका १ जनालाई सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा राख्ने गरी पठाइयो ।
कञ्चनपुरको गड्डाचौकी नाकाबाट पनि दिनहुँ आउने जाने क्रम जारी छ । प्रशासनको संलग्नतामा दिनहुँ सहज प्रवेश दिँदै आएको पाइएको छ ।
आइतवार मात्रै गड्डाचौकी नाका भएर करीब २०० जना भारतीय नागरिक बाहिरिएका छन् भने भने करीब ३०० बढी नेपाली भित्रिएका छन् ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले सीमा बन्द र ‘लक–डाउन’ उल्लंघन भन्दा पनि सीमामा अलपत्र परेकाहरूको समस्यालाई मध्यनजर गरी व्यवस्थापन गर्दै आएको बताए । ‘विभिन्न ठाउँबाट आफ्नो घर जानलाई सीमा आएका हुन्छन् । उनीहरूको पनि बाध्यतालाई ध्यान दिनैपर्छ तर उनीहरूको घर रहेको सम्बन्धित स्थानीय तहले उनीहरूलाई क्वारेन्टाइन राखेर जाँच चाहिँ गरिनुपर्छ । सीमामा रोकेर समस्या समाधान हुने होइन,’ उनले भने ।
भारतको धार्चुलाबाट दार्चुला प्रवेश गर्ने क्रम पनि दिनहुँ हुँदै आएको छ । १ हप्ताको अवधिमा प्रशासन र जनप्रतिनिधिको सक्रियतामा पटक–पटक प्रवेश दिइएको छ । जुनक्रम जारी रहेको पाइएको छ ।
धार्चुलामा अझै पनि करीब साढे ३०० बढी नेपाली शुक्रवारदेखि नेपाल प्रवेशको आशामा बसेका छन् । दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुुनाथ पौडेलले दार्चुला र धार्चुला जोड्ने पुलघाट बन्द रहेको बताउँदै रोकिएका नेपालीलाई प्रवेश गराउन गृह मन्त्रालयसँग पहल जारी रहेको जानकारी दिए । आइतवार साँझसम्म उनीहरूलाई प्रवेश गराउने प्रशासनको तयारी थियो तर गृह मन्त्रालयबाट आदेश नआउँदा उनीहरूको लागि खानाको व्यवस्था पारी नै गरिएको थियो ।
भारतको पिथौरागढका विभिन्न क्षेत्रमा काम गरेर फर्किएका उनीहरू धार्चुलामा अलपत्र परेका छन् । अलपत्र परेका नेपालीलाई सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनमा राख्ने गरी व्यवस्था मिलाउने, गाडीको व्यवस्था गर्ने गरी प्रवेशको पहल जारी रहेको बताइएको छ । सीमामा रहेका नेपालीले आइतवार सरकारविरुद्ध नाराबाजी समेत गरेका थिए ।
भारतबाट आउने क्रम जारी भएपछि कोरोना संक्रमणको उच्च जोखिम बढेको छ । सीमा नाका बन्द गरिएको भनिएपनि लुकीछिपी स्वदेश फिर्ता हुने र प्रशासनले सुविधासहित भित्र्याउने क्रम जारी रहेको छ ।
भारतबाट फर्किनेहरू क्वारेन्टाइनमा नबस्ने, अटेर गर्ने समस्या भएपछि झनै संक्रमणको उच्च जोखिम बढेको हो । सरकारले कम्तीमा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने निर्देशन जारी गरेको छ तर निर्देशनको अवज्ञा हुँदै आएको छ ।
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...