×

NMB BANK
NIC ASIA

‘हल्लाभन्दा पनि काम गरेर परिणाम देखाउने बेला’

चैत १७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

जिल्लाको अवस्था कस्तो छ ? तयारी के के हुँदैछ ? भैपरी आयो भने हामीलाई सघाउने कोही छ ? सर्वसाधारणबाट आउने यी यस्ता प्रश्नहरुको सामना गर्न सरोकारवाला निकायले सम्वेदनशील भएर कार्य गर्नुपर्ने बेला आएकाे छ । 

Sagarmatha Cement
Muktinath Bank

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिन नदिनका लागि सरकारले देश नै लक डाउन गरेपछि बागलुङमा हल्लाका काम धेरै भएका छन् । प्रत्येक स्थानीय तहमा क्वारेन्टाइन निर्माण भएका छन् । तर, स्थानीय सरकारले बनाएको क्वारेनटाइनमा कोही पनि बसेको छैनन् । सबै आफ्नै घरमा बसेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'विदेशबाट आएकाहरुलाई घरमै क्वारेन्टाइनमा बस्न भनिएको छ, यसका लागि घरघरै पुगेका छौँ',  काठेखोला गाउँपालिका–७ रेशका वडाअध्यक्ष प्रेम लामिछानेले भने, ‘क्वारेन्टाइनमा कोही गएको छैन ।'


Advertisment
Nabil box
Kumari

जिल्लाको समग्र बस्तु स्थितिको विषयमा जानकारी सङ्कलन  गरिरहेको ‘र्‍यापिड रेस्पोन्स’ टिमका संयोजक सुरज गुरौले सार्वजनिक गरेको तथ्याङ्कमा पनि अहिलेसम्म स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा कोही बसेका छैनन् । 
बेल्जियमबाट कतारको बाटोहुँदै काठमाडाैं र त्यहाँबाट पनि जहाज, ट्याक्सी र जीपको सहायतामा बागलुङ आएकी एक युवती सङ्क्रमित रहेको पुष्टि भयो । उनी सङ्क्रमण पुष्टि हुनेबेलासम्म पनि गाउँ डुल्दै थिइन् । उनकै छिमेकीले दिएको जानकारी अनुसार होम क्वारेन्टाइनमा बसेकी भन्ने हल्ला मात्रै हो । उनी कहाँ कहाँ गइन् ? क—कस्लाई भेटिन भन्ने विषयमा चैतको ४ गते देखि शनिवार रातीसम्मको अवस्थाको बिषयमा बल्ल सामान्य खोजी शुरु भएको छ । 

Vianet communication
Laxmi Bank

'हामी ट्रेसिङ गर्दैछौँ', स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले भने, 'लसपस भएकाहरुलाई क्वारेन्टाइनमा बस्न भन्छौँ ।' उनीसँगै एउटै जहाजमा आएका ढोरपाटन नगरपालिकाका एक युवालाई त उनी गाउँमै छन् भन्ने मात्रै खोजियो । ढोरपाटन नगरपालिकाले क्वारेनटाइन बनाएको छ । उनलाई आवश्यक ठानेको भए कम्तिमा १४ दिन त्यहाँ राख्न सकिन्थ्यो, स्थानीयको भनाइ छ ।  

कुँडुलेकी युवतीमा सङ्क्रमणदेखा परेपछि घर आएको १२ दिनपछि मात्रै उनको नमूना सङ्कलन भयो । सरोकारवालाले समयमा चासो नदिने र जिम्मेबारी पूरा नगरेका कारण समस्या बढ्नेमा सर्वसाधारण सशंकित रहेका छन् । 'विदेशबाट आएकालाई मात्रै १४ दिन क्वारेन्टाइनमा राखेर परीक्षण गर्न सकेको भए हामी डराउनु पर्ने थिएन', बागलुङ नगरपालिका–१४ का लालप्रसाद शर्माले भने, .'खै के के बनाइम् भन्छन, सुरक्षित केही गर्दैनन् ।'

गृह मन्त्रालय शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखा काठमाडौंको निर्देशनमा जिल्लामा कोरोना नियन्त्रणका लागि कमाण्ड पोस्ट बनेको छ । प्रमुख जिल्ला अधिकारीको नेतृत्व रहेको पोष्टमा जिल्लाका सुरक्षा प्रमुख र जनप्रतिनिधिहरु छन् । यो पोष्टको काम के भैरहेको छ भन्ने बिषयमा आम सर्वसाधारणलाई जानकारी नै छैन् । 'अनुगमन, ट्रेसिङ, सुरक्षालगायत जिम्मेवारी यो पोष्टलाई छ', एक सदस्यले भने, 'बैठक बसेर माथिका निर्देशनको पालना गर्ने काम मात्रै भएको छ ।'

जिल्लामा धेरै मानिसहरु वैदेशिक रोजगारीबाट फर्केका छन् । उनीहरुको तथ्याङ्क अध्यावधिक गर्ने काम स्थानीय तहहरुले अझै सकेका छैनन् । “विदेशबाट आएका साथीहरु कृप्या एकान्तबासमा बसिदिनुहोला”, काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापले सामाजिक सञ्जालमार्फत लेखेका छन्, 'बाँचे हजुरहरुले ल्याएका चकलेट खाम्ला, फेरि रमाम्ला ।' तर गाउँपालिकाले बनाएको भिमसेन माविको क्वारेन्टाइन अहिलेसम्म खालि नै छ ।' जिल्लामा गठन भएको कमाण्ड पोष्टले पनि यो कुरामा खासै चासो देखाएको पाइँदैन । 

जिल्लाको जैमिनी नगरपालिकाले नियम मिचेर सवारी चलाएको भन्दै भण्डाराका सावरी चालक बाबुराम शर्मालाई स्थानीयवासीको निगरानीमा होम क्वारेन्टाइन पठाएको छ । तर त्यही नगरमा के कति वैदेशिक रोजगारीबाट आए भन्ने एकिन तथ्याङ्क कसैसँग छैन् । 

धौलागिरी अञ्चल अस्पतालले हेल्लो डाक्टर अन कल समूह बनाएको छ । अन्तरङ्ग सेवा बन्द गरेको अस्पतालमा यो सङ्कट शुरु हुनुपूर्वनै दैनिक ३ सय भन्दा धेरै बिरामी आउँथे । अहिले ती बिरामीको सहजताका लागि बनाइएको अन कल नम्बरहरु नै नउठ्ने गरेको सर्वसाधारणको गुनासो छ । “ज्वरो आयो, रुघा लाग्यो, प्रसूति सेवा छ÷छैन भनेर फोन आउँछन्”, डाक्टर सिर्जना अर्यालले भने, 'पाँच जनालाई अलग अलग फोन आउँछ कस्कोमा कति आए भन्ने के थाहा हुन्छ र ?' बिरामीले सल्लाह पाए पाएनन् भनेर ‘अन कल’ सेवामा भनिएका डाक्टरहरुले अहिलेसम्म कुनै छलफल गरेका छैनन् ।

जिम्मेबारी दिएका र पाएकाहरुले पूरा नगर्दा सङ्कटको बेला नेतृत्वविहीन बनेका छन् ,सर्वसाधारण । अहिले हल्लाभन्दा पनि काम गरेर परिणाम देखाउने बेला हो, तर यसैमा धेरै अलमल छन् । तारानाथ आचार्य, रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x