कोरोनाको आशंका गरिएका अर्का एक व्यक्तिको पाटन अस्पतालमा मृत्यु, घर धादिङ

कोरोनाको आशंका गरिएका अर्का एक बिरामीको मृत्यु भएको छ ।

ललितपुरको पाटन अस्पतालको आइसोलेसनमा राखिएका एक बिरामीको सोमवार मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरकी प्रवक्ता एसपी दुर्गा सिंहले जानकारी दिइन् ।


Advertisement

धादिङको खनियाबास गाउँपालिका घर भएका ३५ वर्षीय ती व्यक्ति केही दिनअघि मात्र भारतबाट फर्किएका थिए ।

उच्च ज्वरो आएपछि उनी सोमवार नै पाटन अस्पताल आएका थिए । अस्पतालले कोरोनाको आशंकामा उनलाई आइसोलेसनमा राखेको थियो ।


Advertisement

उनलाई कोरोना संक्रमण भए/नभएको भने यकिन भएको छैन ।

कोरोना परीक्षणका लागि स्बाव संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको अस्पताल स्रोतले जनाएको छ ।

स्रोतका अनुसार उनको किड्नी समेत फेल भएको थियो ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्