कोरोना–लकडाउनका कारण मानिसहरूमा क्याबिन फिभर, आउँछ दुःस्वप्न

कोरोनाभाइरस संक्रमण फैलिनबाट रोक्नका लागि अहिले मानिसहरू घरैभित्र थुनिएर बसेका छन् । त्यसरी बस्नुपर्दा उनीहरूलाई क्याभिन फिभर देखिन थालेको छ ।

एकै ठाउँमा लामो समय थुनिएर बस्नुपर्दा मानिसमा आउने तनाव र छटपटीलाई क्याबिन फिभर भनिन्छ । क्याबिन फिभरका कारण मानिसहरूलाई नराम्रा सपना आउने एक मनोवैज्ञानिकको दाबी छ । 


Advertisement

स्वानसी विश्वविद्यालयका प्राध्यापक मार्क ब्लाग्रोभले कैयौं दिनसम्म घरमा बसिरहँदा मानिसहरूमा गतिको कमीका कारण निद्रा तथा सपनामा परिवर्तन आइरहेको बताएका छन् । 

विभिन्न देशका सरकारहरूले कोभिड–१९ फैलिन नदिनका लागि लाखौं मानिसलाई घरैभित्र बस्न भनेका छन् । 


Advertisement

‘धेरै मानिसले आफूवरिपरिको परिस्थितिमा परिवर्तन आएको अनुभव गरेका छन् र त्यसले दिएको तनावका कारण उनीहरूको सपनामा दखल परिरहेको छ,’ प्राध्यापक ब्लाग्रोभले भने ।

अहिले मानिसकहरूको जीवन बोरिङ भएको र यसले थप तनाव दिएको स्थिति छ । 

मानिसहरू जागिर जाने हो कि, स्वास्थ्य बिग्रने हो कि अनि साथीभाइ र नातागोतासँग भेट्न नपाइएको विषयमा चिन्ता गरिरहेका छन्, उनले भने । 

‘यसले घरेलु हिंसा बढाउन सक्छ र पहिले नै घरेलु हिंसामा परेकाहरूका लागि यो अत्यन्तै तनावग्रस्त र खतरनाक स्थिति हो ।’ 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्