कोरोना रोकथाम गर्न मुख्यमन्त्री पोखरेलले गरे पालिका प्रमुखसँग भिडियो संवाद

प्रकाश आचार्य
प्रकाश आचार्य

प्रकाश आचार्य लोकान्तरका लागि ५ नम्बर प्रदेशका प्रतिनिधि हुन् ।

कोरोना रोकथाम तथा नियन्त्रणका प्रयासबारे सोमवार मुख्यमन्त्री शंकर पोखरेलले विभिन्न स्थानीय तहका प्रमुखसँग भिडियो संवाद गरेका छन् ।

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे र नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख धवलशमसेर राणासंग एकीकृत भिडियो संवाद गरेका हुन् ।


Advertisement

मुख्यमन्त्री पोखरेल र उपमहानगर प्रमुखबीच कोरोना रोकथाम र नियन्त्रणका लागि अहिले गरिरहेका काम र आगामी योजनाबारे छलफल भएको छ । उपमहानगरपालिका प्रमुखले हालसम्म गरेका कामबारे जानकारी दिँदै प्रदेश र संघीय सरकारबाट गरेको अपेक्षाबारे बताए ।

मुख्यमन्त्री पोखरेलले महामारी रोकथामका लागि उपमहानगरपालिकाको सक्रियता प्रशंसनीय रहेको बताउँदै भारतसहित अन्य मुलुकबाट आएकाको तथ्यांक संकलन गरी क्वारेन्टाइनमा राख्न, दैनिक ज्यालादारी गर्ने नागरिकको खानपानको व्यवस्थापनमा ध्यान दिन र स्थानीयस्तरमा पनि राहत कोष बनाउन प्रमुखहरूलाई आग्रह गरे ।


Advertisement

प्रदेश सरकारले बुटवल, भैरहवा, बाँकेको खजुरा र दाङको बेलझुण्डीमा कोरोना आइसोलेसन अस्पताल निर्माण गरी उपचारको व्यवस्था गरेको, अब केही दिनमै प्रयोगशाला परीक्षणको लागि काठमाडौं जानुपर्ने बाध्यता हट्ने र प्रयोगशाला रिपोर्ट आउन छिटोछरितो हुने मुख्यमन्त्री पोखरेलले बताए ।

तीनै तहको सरकारबीचको समन्वय र सहकार्यबाट सबैलाई एकताबद्ध गरी महामारीलाई परास्त गर्न ध्यान केन्द्रित गर्नुपर्ने उनले बताए ।

प्रकाश आचार्य
प्रकाश आचार्य

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्