कर्णाली सरकारको विपद् व्यवस्थापन कोषलाई साढे ५ लाख सहयोग

शेरबहादुर थापा
शेरबहादुर थापा

लोकान्तर संवाददाता थापा कर्णाली प्रदेशबाट रिपोर्टिङ गर्छन् ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण कार्यका लागि कर्णाली प्रदेश सरकारले स्थापना गरेको प्रदेश विपद् व्यवस्थापन कोषमा सोमवार साढे ५ लाख रुपैयाँ जम्मा गरिएको छ ।

कुमारी बैंक सुर्खेत शाखामा रहेको कोषको खातामा जम्मा हुने गरी विभिन्न संघसंस्थाले सहयोग रकम बराबरको चेक कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीलाई हस्तान्तरण गरेका छन् ।


Advertisement

सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सुर्खेतले २ लाख, नेपाल मगर संघ जिल्ला समन्वय समिति सुर्खेतले २ लाख, सिद्वार्थ सञ्चार सहकारी संस्था सुर्खेतले ७५ हजार रुपैयाँ सहयोग गरेका छन् । 

लगनशील महिला लघु उद्यमी सहकारी संस्था लिमिटेड सुर्खेतले ५० हजार र सिद्वार्थ नेसनल कोअपरेटिभ सेकेन्डरी स्कूलले २५ हजार रुपैयाँ रकम प्रदेश सरकारको विपद् कोषमा जम्मा गरेका छन् । कोरोना संकट अन्त्य गर्न निजी क्षेत्रबाट भएको योगदानप्रति मुख्यमन्त्री शाहीले धन्यवाद व्यक्त गरेका छन् ।


Advertisement

शेरबहादुर थापा
शेरबहादुर थापा

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्