पाटन अस्पतालमा मृत्यु भएका व्यक्तिमा पनि कोरोनाभाइरस भेटिएन

पाटन अस्पतालमा सोमवार मृत्यु भएका बिरामीको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

कोरोनाभाइरस (कोभिड १९)को आशंकामा ललितपुरको पाटन अस्पतालको आइसोलेसनमा राखिएका धादिङको खनियाबास गाउँपालिकाका ३५ वर्षीय पुरुषको सोमवार मृत्यु भएको थियो ।


Advertisement

केही दिनअघि मात्र भारतबाट फर्किएका उनी उच्च ज्वरो लगायत लक्षण देखिएपछि अस्पताल भर्ना भएका थिए ।

पाटन अस्पतालबाट स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।


Advertisement

'कोरोना परीक्षण गर्दा उहाँको रिपोर्ट नेगेटिभ आएको छ,' पाटन अस्पताल स्रोतले लोकान्तरसँग भन्यो ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्