कोरोना त्रास : उत्तर प्रदेशमा प्रवासी कामदारमाथि छर्किइयो रसायन

भारतको उत्तर प्रदेशस्थित बरेली बस स्टपमा बाहिरबाट आएका कामदारहरूमाथि एक टोेलीले आइतवार रसायन छर्केको छ । 

ती प्रवासी कामदारहरू नोइडा र दिल्लीबाट हिँड्दै उत्तर प्रदेश आइपुगेका थिए । उनीहरूलाई अधिकारीहरूले बस स्ट्यान्डमा बस्न लगाएका थिए । बसमा राखेर घर लगिने अनि खानेकुरा दिइने उनीहरूले बताएका थिए । 


Advertisement

एक कामदार मोहम्मद अफजलले भने, ‘हामीहरू ५० जना जति बसेर खानेकुरा कुरिरहेका थियौं । सुरक्षा सुट लगाएर केही मानिस आए अनि हामीमाथि पानी छर्किन थाले । उनीहरूले हामीलाई स्यानिटाइज गरेको बताए । बच्चबच्ची रुन थाले अनि महिलाहरू स्तब्ध भए ।’

स्रोतहरूका अनुसार, स्यानिटाइज गर्ने टोलीले सोडियम हाइपोक्लोराइटको मिश्रण छर्केका थिए । यो मिश्रण कपडा, डिटर्जेन्ट, कागज कारखानामा उपयोग गरिन्छ । यसलाई संक्रमणमुक्त गर्न पनि प्रयोग गरिन्छ ।


Advertisement

मोहम्मद अफजलका अनुसार, उनीहरूलाई पानी छर्किइएपछि बालबालिकाले आँखा चिलाएको अनि महिलाहरूले छालामा दाग लागेको बताए ।

बरेली र लखनउका अधिकारीहरूले घटनामा टिप्पणी गर्न मानेनन् । 

यसैबीच कांग्रेस नेत्री प्रियंका गान्धीले अधिकारीहरूले यस्तो अमानवीय व्यवहार देखाउनुहुँदैन भनी टिप्पणी गरिन् ।
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्