×

NMB BANK
NIC ASIA

कोरोना भाइरसः काठमाडौँमा राहत बाँड्न यस्तो मापदण्ड

चैत १७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ महानगरपालिकाले नगर क्षेत्रमा कोरोना भाइरसका कारण प्रभावितहरुलाई राहत वितरणका लागि बाटो खोलेको छ। महानगरको सोमबार बसेको ४३औँ कार्यपालिका बैठकले ‘कोरोना भाइरस सम्बन्धि राहत वितरण मापदण्ड–२०७६’ स्वीकृत गरेको हो। 

Muktinath Bank

कोरोना भाइरसको संक्रमणलाई फैलन नदिन र यसको रोकथाम– नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउनबाट अत्यावश्यक सेवा बाहेक सबै बन्द गरेको, मानिसलाई घर बाहिर निस्कन रोक लगाइएको अवस्थामा महामारी नियन्त्रणका कामलाई मानवीय संवेदनामा आधारित बनाउन यसप्रकारको निर्णय गरिएको मेयर विद्यासुन्दर शाक्यले बताए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

काठमाडौँ महानगरपालिका भित्र वसोवास गर्दै आएका असहाय, अति विपन्न र दैनिक ज्यालादारी गर्ने व्यक्तिहरु यसबेला खाना, खाजा नपाएर समस्यामा परेका छन्। ‘यस्ता बर्गको पहिचान गरेर सबैलाई समान प्रकारको राहत उपलब्ध गराउन यस्तो मापदण्ड पारित गरिएको हो,’ मेयर शाक्यले भने।


Advertisment
Nabil box
Kumari

बैठकले पारित गरेको मापदण्डअनुसार अभिभावक नभएका, आफ्नो आय श्रोत नभएका, अनाथ आश्रम, बृद्धाश्रम, संरक्षण गृह, मन्दिर गुम्बा, मस्जिद जस्ता आश्रम स्थलमा रहेका अरुको सहयोग एवं सहारामा बाँचेका व्यक्तिहरु असहाय हुन् ।  आम्दानीको कुनै स्थायी श्रोत नभएका, दैनिकी गुजारा गर्न धौधौ भएका र सम्वन्धित वडाले अति विपन्न भनी प्रमाणित गरेका व्यक्ति वा परिवारलाई अति बिपन्न परिवारमा राखिएको छ । त्यसैगरी, संगठित संस्थामा काम गर्नेबाहेक काठमाडौँ महानगरमा  विगतदेखि दैनिक रुपमा ज्याला मजदुरी गर्दै आएका काठमाडौँमा घर–जग्गा नभएका भरियालगायतलाई दैनिक ज्यालादारीमा काम गर्ने व्यक्ति भनी मापदण्डले उल्लेख गरेको छ ।  

Vianet communication
Laxmi Bank

हालै विदेश भ्रमण गरी महानगरपालिकामा बस्दै आएका व्यक्तिहरुको विवरण संकलन गर्ने कामलाई वडाले यस अघि नै थालिसकेको छन् । यसरी गरिने बिववरण संकलन कार्यलाई एकरुपता दिन बैठकले ढाँचा उपलब्ध गराएको छ ।   

‘लकडाउनपछि अहिले खाद्यान्न, ग्यासलगायतका सामाग्रीको अभाव हुने हो कि भन्ने धेरैमा आशंका उत्पन्न भएको छ,’ प्रमुख शाक्यले भने, ‘आजको बैठकले यस्तो समस्यालाई समेत हल गर्न र भीडभाड कम गराउन सुरक्षाकर्मी, जनप्रतिनिधिलगायतको सहयोगमा घर–घरमा खाद्यान्न पु¥याउने, आपूर्ति ब्यवस्थालाई सहज बनाउन सम्वन्धित निकायसँग छलफल गरी अघि बढ्ने पनि बैठकले निर्णय गरेको छ ।’ 

बैठकले पशुपंक्षी, चराचुरुङ्गीलगायतको बाँच्न पाउने अधिकार सुनिश्चित गर्नका लागि वडामा पठाइएको रकमबाट खर्च गर्ने गरी उनीहरुलाई आहाराको व्यवस्था गर्ने निर्णय गरेको छ ।’ राहत वितरणलगायतका लागि ठूला वडालाई चार, मझौला वडालाई तीन र साना वडालाई थप निकासा दिइएको छ। 

बैठकले ५ सय जनासम्मलाई राख्न मिल्ने ‘क्वारेन्टाइन’को व्यवस्थापनका लागि ठाउँ खोजी गर्ने निर्णय गरेको छ । कोरोनाको संक्रमणमाथि निगरानी बढाउन हिजो सार्वजनिक गरिएको प्रविधिमा आधारित प्रणालीलाई प्रभावकारी बनाउने बैठकले गरेको अर्को निर्णय हो । 
 

 

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x