गभर्नर नियुक्ति गर्न सरकारले बनायो सिफारिस समिति

सरकारले नेपाल राष्ट्र बैंकको रिक्त गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ। 

अर्थमन्त्री युवराज खतिवडाको संयोजकत्वमा रहेको सिफारिस समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र  पूर्वसचिव कृष्णहरि बाँस्कोटा छन्।


Advertisement

गत चैत ५ गतेअघि नै गभर्नर नियुक्त गरिसक्नु पर्ने भए पनि प्रकृया अगाडि बढेको थिएन।  निवर्तमान गभर्नर चिरञ्जीवी नेपालको पदावधि ५ चैतमा सकिएको थियो।

 
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्