×

NMB BANK
NIC ASIA

सार्वजनिक पशुपक्षी र चराचुरुङ्गीलाई आहाराको व्यवस्था गर्दै काठमाडौं महानगर

चैत १८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ महानगरपालिकाले विपत्को समयमा सार्वजनिक पशुपक्षी र चराचुरुङ्गीलाई आहाराको व्यवस्था गर्ने भएको छ ।

Muktinath Bank

यही चैत ११ गतेदेखि देशव्यापी लकडाउन भएपछि सार्वजनिकरूपमा रहेका पशुपक्षी, चराचुरुङ्गीलगायत मर्ने अवस्थामा पुगेका हुन् । तिनले अरु सामान्य समयमा घुम्न आएका मानिसले दिएको खान्थे । लकडाउनपछि  भोकै छन् । तिनीहरुको बाँच्न पाउने अधिकार सुनिश्चित गर्दै कामपाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा सोमवार बसेको ४३औँ कार्यपालिका बैठकले आहारको व्यवस्था गर्ने निर्णय गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैठकले वडामा पठाइएको रकमबाट खर्च गर्ने गरी उनीहरुलाई आहाराको व्यवस्था गर्ने निर्णय गरेको छ । प्रमुख शाक्यले भने, “राहत वितरणलगायत कार्यका लागि केन्द्रले यसअघि नै ठूला वडालाई रु चार लाख, मझौला वडालाई रु तीन लाख र साना वडालाई थप निकासा दिएको छ । आवश्यक प¥यो भने पुनः थप गर्ने निर्णय भएको छ ।”   
    
त्यसैगरी बैठकले कोभिड–१९ सम्बन्धी राहत वितरण मापदण्ड–२०७६ स्वीकृत पनि गरेको छ । कोरोना भाइरसको सङ्क्रमणलाई फैलिन नदिन र यसको रोकथाम र नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउनबाट अत्यावश्यक सेवाबाहेक सबै बन्द गरेको, मानिसलाई घर बाहिर निस्कन रोक लगाइएको अवस्थामा महामारी नियन्त्रणको कामलाई मानवीय संवेदनामा आधारित बनाउन यसप्रकारको निर्णय गरिएको प्रमुख शाक्यको भनाइ छ । 


Advertisment
Nabil box
Kumari

“कामपाको भित्री क्षेत्रमा बसोबास गर्दै आएका असहाय, अतिविपन्न र दैनिक ज्यालादारी गर्ने व्यक्ति यसबेला खाना, खाजा नपाएर समस्यामा पर्नुभएको छ, यस्ता वर्गको पहिचान गरेर सबैलाई समान प्रकारको राहत उपलब्ध गराउन यस्तो मापदण्ड पारित गरिएको हो”, उनले भने ।

Vianet communication
Laxmi Bank

बैठकले पारित गरेको मापदण्डअनुसार अभिभावक नभएका, आफ्नो आयस्रोत नभएका, अनाथाश्रम, वृद्धाश्रम, संरक्षण गृह, मन्दिर गुम्बा, मस्जिदजस्ता आश्रमस्थलमा रहेका अरुको सहयोग एवं सहारामा बाँचेका व्यक्ति असहाय हुन् । आम्दानीको कुनै स्थायी स्रोत नभएका, दैनिकी गुजारा गर्न धौधौ भएका र सम्बन्धित वडाले अतिविपन्न भनी प्रमाणित गरेका व्यक्ति वा परिवारलाई अतिविपन्न परिवारमा राखिएको छ । 

त्यसैगरी सङ्गठित संस्थामा काम गर्नेबाहेक काठमाडौँ महानगरमा  विगतदेखि दैनिकरूपमा ज्याला मजदुरी गर्दै आएका काठमाडौँमा घर–जग्गा नभएका भरियालगायतलाई दैनिक ज्यालादारीमा काम गर्ने व्यक्ति भनी मापदण्डले उल्लेख गरेको छ ।  

“लकडाउनपछि अहिले खाद्यान्न, ग्यासलगायतका सामग्रीको अभाव हुने हो कि भन्ने धेरैमा आशङ्का उत्पन्न भएको छ”, प्रमुख शाक्यले भने, “आजको बैठकले यस्तो समस्यालाई समेत हल गर्न र भीडभाड कम गराउन सुरक्षाकर्मी, जनप्रतिनिधिलगायतको सहयोगमा घरघरमा खाद्यान्न पु¥याउने, आपूर्ति व्यवस्थालाई सहज बनाउन सम्बन्धित निकायसँग छलफल गरी अघि बढ्ने पनि निर्णय गरेको छ ।” 

बैठकले ५०० जनासम्मलाई राख्न मिल्ने क्वारेन्टाइनको व्यवस्थापनका लागि ठाउँ खोजी गर्ने निर्णय गरेको छ । कोरोनाको सङ्क्रमणमाथि निगरानी बढाउन हिजो सार्वजनिक गरिएको प्रविधिमा आधारित प्रणालीलाई प्रभावकारी बनाउने बैठकले गरेको अर्को निर्णय हो । भित्री शहरी क्षेत्रमा चहलपहल कम गराउन थप कडाइ गर्ने पनि जनाइएको छ । यस क्रममा कामपाको सहयोगमा नियमित डाइलासिस गराउनुपर्ने मिर्गाैलाका बिरामीले नियमित डाइलासिस गर्न नपाएर समस्या भएको विषय पनि चासोका साथ हेरिएको थियो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x