×

NMB BANK
NIC ASIA

कोरोना कहर : रामनवमीमा शोभायात्रा, विशेष मेला स्थगित, घरमै साधना गर्न सकिने

चैत १८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न गरिएको लकडाउनका कारण यस वर्षको रामनवमी पर्वका दिन देशभरका राम मन्दिरमा  भक्तजनको भीड नलाग्ने भएको छ । त्रेता युगमा चैत्र शुक्ल नवमीका दिन अयोध्याका राजकुमारका रूपमा पिता दशरथ र माता कौशल्यावतीको सुपुत्रका रूपमा श्रीरामको जन्म भएको विश्वासमा प्रत्येक वर्ष यो पर्व मनाउने गरिन्छ । 

Muktinath Bank

यस वर्ष पशुपति क्षेत्रस्थित बत्तीसपुतलीमा रहेको श्री रामचन्द्र मन्दिरमा अष्टमीका दिन गरिने शोभायात्रा र नवमीका दिनमा लाग्ने मेला स्थगन गरिएको श्रीरामचन्द्र मन्दिर जीर्णोद्धार एवं संरक्षण समितिका सदस्य सचिव डा गोविन्द टण्डनले राससलाई जानकारी दिए। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

श्रीरामचन्द्र मन्दिरमा चैत्र शुक्ल नवमीका दिन लाखौँ भक्तजन पूजा एवं दर्शनका लागि पुग्ने गर्थे । मन्दिरमा मेला र शोभायात्रा स्थगन नगर्दा भीडभाडका कारण कोभिड–१९ को सङ्क्रमण अझ बढी फैलन सक्ने भएकाले अप्रिय निर्णय गर्न बाध्य हुनुपरेको उनले बताए । अष्टमीका दिन गरिने शोभायात्रामा पनि हजारौँ भक्तजन सहभागी हुने गरेका थिए ।


Advertisment
Nabil box
Kumari

यसैगरी पशुपति आर्यघाटपारिको राम मन्दिर, गोकर्णेश्वर नगरपालिका–९ स्थित आरुबारीमा रहेको राम मन्दिरलगायत देशभरका राममन्दिरमा विशेष मेला, शोभायात्रालगायत भीडभाड हुने कार्यक्रम स्थगन गरी पुजारीबाट हुने नित्य रामनवमीको विशेषपूजा भने यथावत रहने जनाइएको छ । विशेष पूजाका क्रममा कोरोना भाइरसको अन्त्यको कामनासमेत गरिने छ ।

Vianet communication
Laxmi Bank

भीडभाडका कार्यक्रम स्थगन गरिए पनि रामनवमीका अवसरमा प्रत्येक वर्ष मन्दिरमा हुने विशेष पूजा पुजारीको समूहले गर्ने जनाइएको छ । मन्दिरमा उपस्थित हुन नसके पनि घरमै लकडाउनमा रहेका भक्तजनले श्रीरामचन्द्रको पूजा, आराधना, रामायण, रामस्तोत्रलगायत ग्रन्थको पाठ पारायण गर्न सक्ने धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन् ।

चैत्र नवरात्रका अवसरमा घरमै देवी र नवमीका दिन श्रीरामको पूजा, आराधना एवं पाठ पारायण गरेमा लकडाउनका कारण मनमा हुने चिन्ता, डर, त्रास अन्त्य भई रोगका विरुद्ध लड्न सक्ने प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले साधनाका लागि उपयुक्त समय भएको उनले बताए।

चैत्र नवरात्रका अवसरमा घरमै बसेर भक्तजनले देवीको आराधना गरे प्रकृतिमा सात्विक शक्तिको वृद्धि भई कोरोनाको त्रासबाट छिट्टै मुक्ति मिल्ने विश्वास लिइएको अध्यक्ष गौतमको भनाइ थियो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x