अस्पतालमा भीडभाड भएपछि चिकित्सकहरूले कठोर निर्णय लिनुपर्ने बाध्यता

कोरोनाभाइरसको प्रकोप देखिन थालेपछि स्कटल्यान्डकी सरकारप्रमुख निकोला स्टर्जियनले राष्ट्रिय स्वास्थ्य सेवाले यसलाई धान्ने आश्वासन दिँदै आएकी छन् । 

स्वास्थ्य सेवा विस्तार गरिएर माग पूरा गर्न सक्ने उनले बताइन् । 


Advertisement

विभिन्न थरी क्यान्सरका नियमित परीक्षणहरू हालका लागि रोकिएको घोषणा गरिएको छ । यसबाट पनि राष्ट्रिय स्वास्थ्य सेवामा चरम दबाब परेको स्पष्ट छ । 

अस्पतालहरू भीडभाड ह्वात्तै बढ्ने अपेक्षा गरिरहेका छन् । तिनमा उपकरण र जनशक्तिको अभाव छ ।


Advertisement

पर्याप्त मास्क र गाउन पनि छैनन् अनि भेन्टिलेटरको पनि चरम आवश्यकता छ । राजधानी ग्लासगोमा बनाइएको आकस्मिक फील्ड अस्पतालमा सयौं रोगीहरू आउने अपेक्षा छ । 

सीमित स्रोतसाधनका कारण चिकित्सकहरूले को बाँच्ने अनि को मर्ने भन्ने विषयमा मुटु चिरिने किसिमको निर्णय लिनुपर्ने भएको छ । 

क्यान्सर परीक्षण रोकिँदा पनि चिकित्सकहरूको मन भााचिएको छ । 

नियमित परीक्षणले वर्षैपिच्छे सयौं जीवन बचाउँछन् । जोखिममा भएको थाहै नपाउने मानिसलाई पनि क्यान्सर देखिनुभन्दा निकै अघि परीक्षणले जीवन जोगाउन सक्छ ।

अहिले जीवन बचाउने कि भविष्यमा जीवन खतरामा पार्ने भन्ने विषयमा राष्ट्रिय स्वास्थ्य सेवाले कठोर निर्णय लिनुपर्ने भएको छ । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्