×

NMB BANK
NIC ASIA

कोरोना कहर : डोल्पामा १३२ जना क्वारेन्टाइनमा

चैत १८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

‘लकडाउन ’को समयमा डोल्पा जिल्ला फर्किएका १३२ जनालाई  विभिन्न स्थानका  क्वारेन्टाइनमा राखिएको छ  । 

Sagarmatha Cement
Muktinath Bank

कोरोना भाइरस (कोभिड–१९) जोखिम हुन नदिन ठुलिभेरी, त्रिपुरासुन्दरी नगरपालिका र वुद्धडोल्पो गाउँपालिकाका विभिन्न स्थानमा तयार गरिएको क्वारेन्टाइन उनीहरुलाई राखिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए । सबै  भन्दा बढी ठुलिभेरी नगरपालिकामा  ७५ जनालाई  क्वारेन्टाइनमा राखिएको नगरपालिकाका सूचना अधिकारी दिलु केसीले जानकारी बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 त्रिपुरासुन्दरी नगरपालिकाका २ जनालाई ‘होम क्वारेन्टाइन’ र  ठुलिभेरी नगरपालिका अन्तर्गत वडा नं ३ स्थित सरस्वती माध्यामिक विद्यालय दुनैमा बनाइएको क्वारेन्टाइनमा ३३ जनालाई राखिएको छ । सोही नगरपालिका वडा नं ५ माझफाल स्थित स्वास्थ चौकीको क्वारेन्टाइनमा १६ जना राखिएको छ ।  नगरपालिकाकै वडा नं ८ मा पर्ने गौरी आधारभूत विद्यालय डाँगीवाडाको क्वारेन्टाइनमा १० जना राखिएको छ ।


Advertisment
Nabil box
Kumari

ठुलिभेरी नगरपालिका वडा नं ७ मा पर्ने आदर्श माध्यामिक विद्यालय जुफालको क्वारेन्टाइनमा १६ जना राखिएको छ । तीन ठाउँमा (जुफाल , मोतीपुर , कालिका मन्दिर) स्वाथ्य सहायता कक्ष स्थापना गरिएको छ ।  नगरप्रमुख गणेसबहादुर शाही र उपप्रमुख योगेन्द्रबहादुर शाही काठमाडौँमा रहेका कारण व्यवस्थापनमा समस्या देखिएको छ । त्यस्तै उपप्रमुख शाही लामो समयदेखि बाहिर हुँदा बजार अनुगमन समेत हुन सकेको छैन । 

Vianet communication
Laxmi Bank

 डोल्पोवुद्ध गाउँपालिका – २  मा ५५ जनालाई कृष्टेल माण्टेनमा क्वारेन्टाइन बनाएर राखिएको प्रजिअ  सुनारले जानकारी दिए । १३ जनालाई पठाएको भएपनि क्वारेन्टाइनमा राखिएका वा नराखिएका जानकारी नआएको उहाँले जानकारी दिए । मुड्केचुला गाउपालिका –१ कालिकाको भोटाऔलमा क्वारेन्टाइन निमार्ण गरिएको छ ।

     रुकुमको त्रिवेणी बजारदेखि मुड्केचुला गाउँपालिका प्रवेशद्वार  भोटाऔलम सामुदायिक स्वस्थ्य भवनमा क्वारेन्टाइन तयार गरिएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए । भोटाऔल बस्तिहुदँै मुड्केचुला,जगदुल्ला,जुम्ला लगायतका ठाउँहरुबाट आवतजावत गर्ने मुख्य नाका भएकोले यस ठाउँमा बनाएको छ । जगदुल्ला गाउँपालिकाले ३ ठाउँमा ११ श्ययाको  आइसोलेशन कक्ष स्थापना गरेको छ । ६  वडा रहेको सो  गाउँपालिकामा जुम्ला र डोल्पाको सीमानाकामा पर्ने चौरीकोट स्वास्थ्य चौकी चौरीकोट,रिमी स्वस्थ्य चौकी झ्याकोट र काईगाउँ स्वास्थ्य चौकी काइगाउमा सबै जनताको पायक पर्ने ठाउँ हेरेर तीन ठाउँमा गरी ११ श्ययाको आइसोलेशन वार्ड स्थापना गरिएको गाउँपालिका अध्यक्ष नारासिं रोकायले जानकारी दिए  । 

जिल्ला अस्पतालमा दुइ जना आइसोलेसनमा भर्ना गरिएको छ । शे(फोक्सुण्डो राष्ट्रिय निकुञ्जका दुई जना कर्मचारीलाई अस्पतालको आइसोलेसनमा राखिएको डा सिजन रावलले जानकारी दिए । उहाँका अनुसार ती कर्मचारी लकडाउन  अघि डोल्पा आएका थिए । डोल्पाको स्वास्थ्य सेवा कार्यालयमा सम्भावित कोरोना भाइरसको उपचारका लागि आवश्यक उपकरण  तथा स्वास्थ्यकर्मीका लागि पिपिई अभाव रहेको प्रजिअ सुनारले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x