कोरोनाका कारण १२ घन्टाको अन्तरालमा आमाबुवा गुमाइन् यी महिलाले

कोरोनाभाइरस महाव्याधिबाट जोगिनका लागि सामाजिक दूरी कायम राख्नुस् भन्दै आयरल्यान्डकी एक महिलाले मानिसहरूलाई आग्रह गरेकी छन् । उनकी आमा र बुवा १२ घन्टाको अन्तरालमा कोरोनाकै कारण बितेपछि उनले यस्तो आग्रह गरेकी हुन् । 

७९ वर्षीय क्रिस्टोफर भाल्लेली र उनकी पत्नी ७७ वर्षीया इसोबेलको बेलफास्टस्थित मातेर अस्पतालमा आइतवार देहान्त भएको हो । 


Advertisement

उनीहरूकी छोरी फियोना भाल्लेलीले मातापिता बितेपछि मानिसहरूलाई चेतावनी दिँदै भनिन्, ‘कृपया सबैजनाले सार्वजनिक निर्देशिका अनुसरण गर्नुस् । आफू र आफ्नो परिवारलाई सुरक्षित राख्ना लागि गर्न सक्ने सबै काम गर्नुस् किनकि यो अझै खराब हुनेवाला छ ।’

भाल्लेली फोक्सोको क्यान्सरबाट पीडित थिए र उनलाई एक हप्ताअघि बेलफास्टस्थित रोयल भिक्टोरिया अस्पताल लगिएको थियो । त्यहाँ उनलाई कोभिड–१९ को पोजिटिभ पाइएपछि मातेर अस्पताल लगिएको थियो । कोरोनाभाइरस उपचारका लागि खोलिएको त्यो विशेष अस्पताल हो । 


Advertisement

पत्नीलाई बिहीवार मातेर अस्पताल लगिएको थियो । पत्नी बितेकी कोठामा पति पनि बितेका हुन् । पत्नीलाई ६ महिनाअघि हृदयघात भएको थियो । 

मातापितालाई अचानक गुमाउनुपर्दा परिवार स्तब्ध बनेको छोरीले बताइन् । 

उनले आमाबुवालाई अलबिदा भन्न पाएको जानकारी दिइन् । 

भाल्लेलीले अस्पतालका कर्मचारीहरूले राम्रो काम गरिरहेको र आफ्नो जीवन जोखिममा पारेको बताइन् । 

‘त्यसैले गर्दा सबैजनाले यसलाई गम्भीर रूपमा लिनुपर्छ,’ उनले भनिन् । 

अहिले अन्तिम संस्कार गर्न नियन्त्रणहरू लगाइएकाले मातापिताको औपचारिक मृत्यु संस्कार गर्न आफूहरू असमर्थ भएको भाल्लेलीले बताइन् ।

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्