जिल्ला प्रशासनले बाँडेका पासको म्याद आज सकिने, लकडाउन अवधिमा अब पास कहाँबाट लिने ?

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आजसम्म जारी गरिएका सवारी पासहरूको म्याद आजबाट समाप्त भएको जनाएको छ ।

जिप्रकाले मंगलवार एक सूचना प्रकाशित गरी यस्तो जानकारी गराएको हो ।


Advertisement

अब उपरान्त दैनिक उपभोग्य वस्तु आपूर्ति गर्ने निकाय/संघ संस्थाको हकमा वाणिज्य तथा उपभोक्ता संरक्षण विभाग, बैंक तथा वित्तीय संस्थाको हकमा नेपाल राष्ट्र बैंक र राष्ट्रसेवक कर्मचारीले प्रयोग गर्ने सवारीको हकमा सम्बन्धित मन्त्रालयबाट पास उपलब्ध हुने सूचनामा उल्लेख छ ।

अन्य आकस्मिक प्रयोजनका लागि भने प्रशासनले नै पास जारी गर्नेछ ।


Advertisement

कोरोनाभाइरस लकडाउनको अवधि बढाएर सरकारले यही चैत २५ गतेसम्म पुर्‍याएको छ ।

हेर्नुहोस्, सूचना :

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्