हात मिलाउने र सार्वजनिक रूपमा अँगालो मार्ने काम लोप हुने समाजवैज्ञानिकरूको आकलन

कोरोनाभाइरस महाव्याधिका कारण केही वर्षसम्म अँगालो मार्ने र हात मिलाउने काम बन्द गरिन सक्ने समाजवैज्ञानिकहरूले चेतावनी दिएका छन् । 

कोरोनाभाइरस फैलिनबाट रोक्नका लागि शारीरिक सम्पर्कमा प्रतिबन्ध लगाइएको छ र त्यसले सामाजिक व्यवहार परिवर्तन गर्न सक्ने उनीहरू बताउँछन् । 


Advertisement

महाव्याधि सकिएपछि पनि संक्रमणहरूका विषयमा सतर्कता अपनाइने भएकाले अहिलेको पुस्ताले साथीभाइ र नातागोतासँग शरीर टाँसेर अभिवादन गर्न डराउने देखिन्छ । 

हात मिलाउने कामको साटो टाउको हल्लाउने वा कुहिनो ठोकाउने काम गर्न सकिन्छ । 


Advertisement

अनि सतहहरू संक्रमणरहित राख्नका लागि चिन्ता व्यक्त गर्दै जतिखेर पनि सफा गर्ने र स्यानिटाइजरहरूको बिक्री कायम रहने चिन्ता पनि व्यक्त गरिएको छ । 

बेलायतमा सामाजिक दूरीका उपायहरू ६ महिना वा त्यसभन्दा बढी अवधिका लागि लगाउन सकिने वैज्ञानिकहरूले खुलासा गरेका छन् । 

यस्ता उपायहरू जति धेरै लम्ब्याइन्छन्, त्यति धेरै अहिले लागेका बानीहरू कायम रहन्छन् भनी विज्ञहरूले चेतावनी दिएका छन् । 

‘हामीहरू निकै पछिसम्म पनि आफ्ना हात ध्यानपूर्वक सफा गर्छौं जस्तो लाग्छ,’ नटिंगम ट्रेन्ट विश्वविद्यालयमा समाजविज्ञानका प्राध्यापक रोबर्ट डिंगवेलले बताए । 

‘शारीरिक दूरी लामो समयसम्म त कायम नरहला यद्यपि मीटू अभियानका कारण त्यो पहिलेदेखि नै अपनाउन थालिएको थियो । हामीहरू अरूभन्दा ६ फीट टाढा बस्ने त नगरौंला तर पाँच वर्षअघिको जस्तो गरी हामीहरू उनीहरूलाई अँगालो चाहिँ मार्दैनौं होला,’ उनले भने ।

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्