घरैमा बसेर काम गर्दा अवश्य खानुस् यो फल

कोरोनाभाइरस संक्रमण फैलिन नदिनका लागि देशभरि लकडाउन (बन्दाबन्दी) को घोषणा गरिएको छ । सबै कार्यालयहरू बन्द गरिएका छन् । धेरै मानिसहरू घरैबाट काम गरिरहेका छन् । 

काम गरिरहँदा तपाईंलाई ऊर्जा अत्यन्त आवश्यक हुन्छ । 


Advertisement

शरीरमा दिनभरि एनर्जी कायम राख्नका लागि तपाईंले भोजन गरेपछि केरा अवश्य खानुस् । लकडाउनका बेलामा पनि फलफूल पसल खुलै छन् । 

केरा खाँदा अनेकौं लाभ प्राप्त हुन्छ । शरीरमा पर्याप्त ऊर्जा यसले दिन्छ । केरामा क्यालोरी प्रशस्त हुन्छ । अनि यसमा प्रोटीन, कार्बोहाइड्रेट, फाइबर, आइरन लगायतका महत्त्वपूर्ण पोषक तत्त्व पाइन्छन् । यिनले शरीरलाई दिनभरि काम गर्नका लागि राम्रो ऊर्जा दिन्छन् । 


Advertisement

अनि केरामा भएको भिटामिन सी, बी र ईले दिमागको कार्यक्षमता पनि बढाउँछन् । यसले दिमागलाई चलायमान राख्छ र घरमा बसेर काम गर्दा काम गर्न पनि मन लाग्छ । 

केराले छाला पनि राम्रो बनाउँछ किनकि यसमा म्याग्निज हुन्छ । भिटामिन सीले एन्टीअक्सिडेन्टका रूपमा छाला पनि निखार्छ । 

मुटुको समस्या भएकाहरूका लागि पनि केरामा भएको पोटेसियम महत्त्वपूर्ण हुन्छ । रक्तचापको समस्याबाट सताइएका मानिसलाई पनि काम गर्दै गर्दा केरा सेवन गर्नु निकै लाभदायक हुन्छ ।
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्