अमेरिका र रुसबीच वार्ता : बढ्यो तेलको भाउ

एसियाली बजारमा तेलको मूल्य १८ वर्षमा सबभन्दा कम भएका बेलामा मंगलवार मूल्य बढेको छ । 

तेलको मूल्यमा स्थिरता आउनुमा अमेरिका र रुसबीचको कुराकानी प्रमुख कारण हो । 


Advertisement

अमेरिकी मानक वेस्ट टेक्सास इन्टरमिडिएट ७.३ प्रतिशतले बढेर २१.५ प्रतिब्यारल भयो भने वैश्विक बेन्चमार्क ब्रेन्ट क्रुड ३.३ प्रतिशतले बढेर २३.५ डलर प्रतिब्यारल पुग्यो । 

कोरोनाभाइरस फैलिएर विभिन्न सरकारले लकडाउन लगाएपछि तेलको मूल्य घट्न थालेको छ । 


Advertisement

साउदी अरब र रुसबीच तेलको मूल्ययुद्ध हुँदा कच्चा तेलको मूल्य घटेको थियो । 

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनसँग सोमवार राति तेलको मूल्यका विषयमा कुराकानी गरे । रुस र साउदी अरबबीच तेल उप्पादनका विषयमा सहमति बन्न सक्ने सम्भावना छ । त्यसैले पनि

तेलको मूल्य अचानक बढेको मानिएको छ ।

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्