बोलेरो गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु

प्रतिकात्मक तस्वीर

रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–१ राकाथुममा मंगलवार बिहान बोलेरो पिकअप गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते रामेछाप जिल्ला दोरम्बा गाउँपालिका–३ का ४० वर्षीय गोपिलाल पहरी र वडा नम्बर २ का २५ वर्षीया संगीता पहरीको उपचारका क्रममा मुत्यु भएको प्रहरीले जनाएको छ । 


Advertisement

गोपिलालको शिर मेमोरियल अस्पताल बनेपा र संगीताको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बताए ।

उनका अनुसार २७ जना घाइतेमध्ये बनेपास्थित शिर मेमोरियल अस्पतालमा ५ जना र बाँकीको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।


Advertisement

बिहान भक्तपुरबाट रामेछापको दोरम्बातर्फ आउँदै गरेको बा१४च ९४९८ नम्बरको बोलेरो पिकअप राकाथुममा पुग्दा सडकबाट अन्दाजी १५० मिटर तल खसेर दुर्घटना हुँदा बालबालिकासहित गरेर ३० जना घाइते भएको र उपचारका लागि पठाएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वसन्त पाठकले बताए ।

गाडी चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको रामेछाप प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्