पावर चाइनाद्वारा ऊर्जा मन्त्रालयलाई ५ हजार मास्क प्रदान

चीनको पावर चाइना कम्पनीले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका लागि ५ हजार थान सर्जिकल मास्क हस्तान्तरण गरेको छ । 

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण मास्क अभाव भएका बेला पावर चाइनाले मंगलवार मन्त्रालयलाई मास्क उपलब्ध गराएको हो ।


Advertisement

पावर चाइनाका प्रतिनिधि ली हाइयुआनले सिंहदरवारस्थित मन्त्रालयमा पुगेर ऊर्जा, जलस्रोत तथा सिँचामन्त्री वर्षमान पुन ‘अनन्त’लाई मास्क हस्तान्तरण गरे ।

ती मास्क मन्त्रालय अन्तर्गतका नेपाल विद्युत् प्राधिकरण र जल तथा मौसम पूर्वानुमान महाशाखासहित अत्यावश्यक सेवाका कर्मचारीका लागि वितरण गरिने मन्त्री पुनले बताए । अभावका बेला सद्भावपूर्वक मास्क उपलब्ध गराएकामा मन्त्री पुनले पावर चाइनालाई धन्यवाद दिए ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्