मंसिर १६, २०८०
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
बेलायतका कारागारमा कोभिड–१९ को लक्षण देखिएका कैदीहरूलाई भाइरस पोजिटिभ भएका कैदीहरूसँग एउटै कक्षमा राखिएको द गार्डियन पत्रिकाले खबर दिएको छ ।
यसले गर्दा सामान्य रुघाखोकी लागेका कैदीलाई कोरोनाभाइरस लाग्ने सम्भावना बढेर गएको छ ।
अघिल्लो बिहीवार र शुक्रवार दक्षिणपश्चिम लन्डनको वान्ड्सवर्थ कारागारका १२ कैदीमा कोरोनाभाइरस देखिएको थियो र उनीहरूलाई आइसोलेसन कक्षमा राखिएको थियो ।
अरू ४० कैदीमा खोकी र श्वासप्रश्वासको समस्या देखियो अनि तिनीहरूलाई पनि कोरोना संक्रमितसँगै राखिएको छ । आइसोलेसनमा बसेका सबै कैदीलाई एउटै कक्षमा राखिएको छ । उनीहरूलाई खाना दिने गरिएको छ र नुहाउन दिइएको छैन ।
वान्ड्सवर्थ कारागारमा रहेको एक स्रोतले द गार्डियनलाई बताएअनुसार, कारागारमा थप स्वास्थ्य परीक्षणको कुनै योजना छैन र लक्षण देखिएका कैदीहरूलाई आइसोलेसन विंगमा राखिएको छ । स्रोतका अनुसार, ५२ जना कैदीलाई संक्रमित भनी वर्गीकृत गरिएको छ ।
अनि डी विंगका कैदीलाई एक हप्तादेखि तातोपानी समेत दिइएको छैन ।
यसैबीच सरकारले गर्भवती कैदीहरूलाई थुनामुक्त गर्न खोजिरहेको छ । तिनमा कोरोनाभाइरस सर्ने खतरा रहेकाले थुनामुक्त गरिन लागेको हो ।
तर सरकारले कम जोखिममा रहेका कैदीहरूलाई व्यापक मात्रामा थुनामुक्त चाहिँ नगर्ने देखिएको छ ।
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...