×

NMB BANK
NIC ASIA

कर्णाली सरकारलाई कांग्रेसको आग्रह – राजनीतिक भाषा नबोल्नुस्, वाचा पूरा गर्नुस् !

चैत १८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली कांग्रेस कर्णाली प्रदेशसभा संसदीय दलले प्रदेश सरकारलाई राजनीतिक भाषा नबोल्न र गरेका वाचा पूरा गर्न आग्रह गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

संसदीय दलका नेता एवं पूर्व मन्त्री जीवनबहादुर शाहीद्वारा हस्ताक्षरित विज्ञप्तिमा कोरोनाबाट विश्व नै समस्यामा परेको बेला राजनीतिक व्यवहार प्रदर्शन नगरी सबै कर्णालीबासीलाई एकैखालको व्यवहार गर्न कांग्रेसले सुझाव दिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘यस्तो आपतको घडीमा राजनीतिक आश्वासनको भाषा नबोली वचन दिएका वाचाहरूलाई यथाशीघ्र पूरा गर्न आग्रह गर्दछु । नेपाल सरकारले लिएको लकडाउन नीतिलाई कडाइका साथ पालना गर्न, गराउन र यस अवधिमा अत्यावश्यक दैनिक उपभोग्य वस्तु एवं सेवाको सहज आपूर्ति एवं व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउँछु,’ नेता शाहीले भनेका छन्, ‘क्वारेन्टाइन बनाएर मात्र कोरोना नियन्त्रण नहुने हुँदा विदेशबाट आएका नागरिकको लगत संकलन गरी पहुँचका आधारमा सुर्खेतस्थित निर्माण भएका क्वारेन्टाइन र स्थानीय स्तरमा निर्माण भएका क्वारेन्टाइनमा कडाइका साथ राख्न अनुरोध छ । प्रदेशभरका स्थानीय स्वास्थ्य केन्द्र, संस्थामा पर्याप्त आवश्यक औषधि, उपचार सामग्री, आइसोलेसन बेड, भेन्टिलेटर लगायतका उपकरणको तत्कालै व्यवस्था गर्न माग गर्दछु ।’


Advertisment
Nabil box
Kumari

कोरोना महामारी नियन्त्रणमा रातदिन खट्नुभएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको उच्च मनोबल बढाउन, उनीहरूको जीवन रक्षा र स्वास्थ्य सेवाका लागि आवश्यक पीपीई लगायत चिकित्सा र स्वास्थ्य उपकरण, परीक्षण किट तथा सुरक्षाकर्मीलाई गुणस्तरीय मास्क, सुरक्षा उपकरणको अबिलम्ब व्यवस्था गर्न, कोरोनालाई सामूहिक प्रयासले मात्र परास्त गर्न सक्ने भएकाले आवश्यक संयन्त्र निर्माण गरी पीडितको राहत, उद्धार एवं प्रकोप रोकथामका कार्यमा स्थानीय तह, निजी क्षेत्र, संघसंस्थालाई परिचालन गर्न विज्ञप्तिमा आग्रह गरिएको छ ।

Vianet communication
Laxmi Bank

‘सुकुम्बासी, डेरावाल, बाढीपीडित, विद्यार्थी, दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्ने र प्रकोपबाट उच्च जोखिममा परेका समुदायलाई तत्कालै राहत हुने कार्यक्रमको घोषणा गर्न, प्रदेशभित्र कोरोना परीक्षण प्रयोगशाला तत्काल निर्माण गर्न, कोरोना नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठन र नेपाल सरकारको नीति, निर्देशनहरूको पूर्ण पालना गर्न गराउन सरकारलाई आग्रह गर्दछु,’ विज्ञप्तिमा लेखिएको छ, ‘कर्णाली प्रदेशका अधिकांश जिल्लाहरू अतिविकट भएका हुनाले त्यहाँ विपत व्यवस्थापनलाई नगद नपठाई सामग्रीको व्यवस्थापन गर्न, यतिखेर कसैलाई भिख माग्नतिर आफ्नो समय खेर नफाली आफूसँग भएको यथेष्ठ स्रोतसाधनको बुद्धिमता ढंगबाट परिचालन गर्न सरकारलाई आग्रह गर्दछु ।’

सरकारलाई दिइएका सुझावहरू कुनै भावावेशमा नभइ कर्णाली प्रदेशका जनताको रक्षाका लागि र सरकारको कुशलता तथा सफलताको लागि भएको हुनाले कार्यान्वयन गर्न नेता शाहीले सरकारलाई आग्रह गरेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x