असोज १९, २०७८
काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...
कोभिड–१९ फैलिनबाट रोक्नका लागि संसारभरि कडा उपाय अपनाइएको भए पनि थुक आक्रमणको समस्या बढ्दै गएको छ ।
अस्ट्रेलियादेखि अमेरिकासम्म थुक आक्रमणका केसहरूको उजुरी आइरहेको छ । सबभन्दा बढी शिकार प्रहरी अधिकारीहरू बनिरहेका छन् । संक्रमण रोक्नका लागि लगाइएका लकडाउन पालन गराउन प्रहरी नै अग्रपंक्तिमा रहने गरेका छन् ।
बेलायतमा अघिल्लो साता १४ वर्षीय एक किशोरले जानजान थुकेको र मानिसतर्फ फर्केर खोकेकोमा अभियोग लगाइएको छ । उनी यही हप्ता अदालतमा उपस्थित गराइनेछन् ।
उत्तरपूर्वी इंग्ल्यान्डको कार्लाइलमा ३५ वर्षीय एक व्यक्तिले तीनजना प्रहरी अधिकारीलाई थुकेको आरोप छ । उनलाई प्रहरीले होस्टलमा बस्न भनेपछि उनले थुकेको बताइएको छ ।
क्यालिफोर्नियामा एकजना महिलाले एक किशोरलाई सामाजिक दूरी कायम राख्न भन्दा उसले आफूतिर फर्केर खोकेको महिलाले दाबी गरिन् । किशोरले आफूलाई धक्का दिएको अनि एकजना मान्छेलाई ल्याएको र त्यो मान्छेले आफूलाई थुकेको उनले बताइन् ।
यस्तै किसिमका आक्रमण अस्ट्रेलियामा पनि गरिएको र जातिघृणा झल्किने हिसाबमा गरिएको बताइएको छ । आक्रमणकारीहरूलाई पक्राउ गरिएको छ र मुद्दा लगाइउको छ ।
भारतको दिल्लीमा ४० वर्षीय एक मानिसले एक महिलामाथि थुकेर उनलाई कोरोनाभाइरस भनेको आरोपमा पक्राउ गरिएको छ । मणिपुरकी ती महिलाले दुर्व्यवहार सहेकी थिइन् र उनीमाथि जातिवादी आक्रमण गरिएको सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले बताए ।
काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...
साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ । तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ । यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...
काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...
विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...