×

NMB BANK
NIC ASIA

सिद्धार्थनगरमा गरीबलाई राहत

चैत १८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सिद्धार्थ नगरपालिका भैरहवामा गरीब तथा विपन्न परिवारलाई राहत वितरण शुरु भएको छ । लक डाउनको कारण कोही पनि भोकै हुन नपरोस् भन्ने उद्देश्यले गरीब तथा विपन्न मजदुरहरुको लगत संकलन गरी दैनिक उपभोग्य सामग्री राहतस्वरुप वितरण गरिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

मंगलवार दिउँसो सिद्धार्थनगर वडा नम्बर १ बाट शुरु भएको राहत वितरण कार्यक्रम नगरको १३ वटै वडामा गरिने नगरपालिकाका अधिकृत यादव प्रसाद सापकोटाले बताए । मंगलवार १ सय ३९ जनाको घरधुरीलाई सिद्धार्थनगर पालिका भैरहवा रुपन्देहीले दैनिक जीवनमा अति आवश्यक खाद्यान्न सामग्री प्रदान गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सिद्धार्थनगरपालिकाको कार्यपालिका बैठकले चार दिन अगाडी नगरमा रहेका बिहान बेलुका हातमुख जोहो गर्न नसक्ने परिवार तथा ज्यालादारीमा काम गर्ने श्रमिकहरुलाइ राहत दिने निर्णयअनुसार राहत वितरण शुरु भएको नगर प्रमुख हरिप्रसाद अधिकारीले बताए ।


Advertisment
Nabil box
Kumari

नगर प्रमुख अधिकारीले भने, ‘वडा नम्बर १ बाट मंगलवारखि राहत वितरण शुरु भएको छ । अब नगरको १३ वटै वडामा रहेका १ हजार ८ सय ७२ जना ज्याला मजदुरी गरेर खाने घरधुरीलाई राहत प्रदान गछौं ।’

Vianet communication
Laxmi Bank

परिवार संख्याको आधारमा दिइएको उक्त राहत सामग्री चार जनाको परिवार हुने घरधुरीलाइ ५ केजी चामल, दस जनाको सम्म परिवार हुने घरधुरीलाइ १० केजी चामल दिइएको नगर उपप्रमुख उमा काफ्लेले बताइन् ।

काफ्लेका अनुसार हरेक विपन्न परिवारलाई एक लिटर खाने तेल, एक केजी नून, एक केजी दाल पनि प्रदान गरिएको छ । उनले भने ,‘शुरुमा केही कम कम वितरण गरेका छौं । लकडाउन लम्बिदै गयो भने फेरि दिन्छौं । सरकार छ , कोही भोकै बस्न पर्दैन ।’

लक-डाउनको कारण कोही पनि भोकै बस्न नपरोस् भनेर राहत वितरण कार्यक्रम शुरु गरेको नगर प्रमुख अधिकारीले बताए । नगरले कोरोना भाइरस नियन्त्रण राहत कोष स्थापना गरेको छ ।

उक्त कोषमा नगरले यसअघि नै ११ लाख ५१ ह्जार जम्मा गरिसकेको छ भने विभिन्न सहयोगी व्यक्तिहरुले पनि सहयोग गरिरहेका छन् । राहत कोषमा नगरका प्रमुखले २१ ह्जार , उपप्रमुखले १५ हजार र वडाध्यक्षहरुले १० हजारको दरले रकम जम्मा गरेको नगरका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम मरासीनिले बताए । सिद्धार्थनगरमा १३ वटा वडा रहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x