सरकारलाई पम्फा भुसालको सुझाव: सीमामा अलपत्र नेपालीलाई तत्काल उद्धार गरी क्वारेन्टाइनमा राखाैँ

सत्तासिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की स्थायी समिति सदस्य एवं प्रतिनिधिसभा सांसद पम्फा भुसालले सीमा क्षेत्रमा अलपत्र नेपालीलाई तत्काल उद्धार गरी क्वारेन्टाइनमा राख्न सरकारलाई सुझाव दिएकी छिन्।

सीमा क्षेत्रमा आइपुगेका नेपालीलाई अलपत्र नछाड्न उनले आग्रह गरिन्।


Advertisement

मंगलवार सामाजिक सञ्जाल फेसवुकमा सन्देश लेख्दै सांसद भुसालले सरकारप्रति अपनत्वको अनुभूति दिलाउन सरकारको ध्यानाकर्षण गराएकी हुन्।

‘नेपाल सरकार भारतबाट नेपाल आउन सीमामा आइपुगेका नेपाली जनतालाई उनीहरू सम्बद्ध पालिकामा पु-याइ क्वारेनटाइनमा राख्ने व्यवस्था गरी राज्य र सरकारप्रति अपनत्वको अनुभूति दिलाउने काममा बिलम्ब नगरौँ,’ उनले लेखेकी छिन्। 


Advertisement

अन्य देशले नेपालमा रहेका नागरिकलाई विमान चार्टर गरेर स्वदेश लगिरहेको समयमा नेपालले आफ्ना नागरिकलाई सीमापारी विचल्लीमा राख्न नहुने उनले बताएकी छिन्।

‘आफ्ना नागरिकलाई सीमा क्षेत्रमा अलपत्र छाड्न मिल्दैन, उनीहरुलाई स्वदेश फर्काएर सम्बन्धित पालिकामा क्वारेन्टाइनमा राख्नुपर्छ,’ संसदको राज्य व्यवस्था समितिकी सदस्य समेत रहेकी भुसालले लोकान्तरसँग भनिन्। 
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्