कात्तिक २२, २०८०
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
कोरोना भाइरस परीक्षणको लागि गण्डकी प्रदेशको राजधानी पोखरामा मंगलबार पीसीआर मेसिन ल्याएको छ। आवश्यक विभिन्न सामग्री बोकेर यहाँ आएको हेलिकोप्टर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, रामघाटमै ल्याण्ड गरेको थियो ।
सो सामग्री गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले बुझेकी हुन्।
यहाँ ल्याइएका सामानमा पोर्टेवल पीसीआर मेसिनसहित रिजेन्ट, १ हजार वटा पीपीइ सेट, २ हजार ४ सय थान मास्क, २ हजार पंजा, १० वटा आइ आर थर्माेमिटर, १ सेट पोर्टेवल भेन्टिलेटर छन्।
स्वास्थ्य निर्देशनालय पोखराका स्वास्थ्य शिक्षा प्राशिक्षक नवराज शर्माका अनुसार सामान ल्याइसकेपछि अब गण्डकीबाटै कोरोना भाइरसको ल्याब परीक्षण हुनेछ।
स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा. विनोद विन्दु शर्माले हालसम्म गण्डकीमा ३२ वटाको परीक्षण भएकोमा २० वटाको नतिजा नेगेटिभ आएको र अन्यको नतिजा आउन बाँकी रहेको जानकारी दिए ।
यसअघि पोखरामा पीसीआर मेसिन कहाँ राख्ने भन्ने विषयमा उत्पन्न विवादले सामान आइसकेको थिएन। प्रदेश सकारको टोली र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका अधिकारीबीच छलफलपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानकै प्रयोगशाला भवनमा कोरोना भाइरस परीक्षण गर्ने मेशिन पनि राख्ने सहमति भएको डा शर्माले बताए।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा मेसिन राखेर परीक्षण गरिने भनिए पनि प्रयोगशालाका प्राविधिकले भाइरस परीक्षण गर्दा लगाउनुपर्ने पोसाक, मास्क, सेनिटाइजर लगायत सामग्री नभएको गुनासो गरेका छन्। उनीहरुले आफूहरुलाई यसबारे कुनै तालिम नदिइएको र तालिम दिएकाहरु भने घरमा बसेको गुनासो गरे।
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...