केयुकेएलको मागः खानेपानीका कर्मचारीको बीमा गरियोस्

लकडाउनमा खानेपानी आपूर्ति चुस्त बनाउन भिडियो कन्फ्रेन्समार्फत  छलफल

सरकारले कोरोनाको सम्भावित सङ्क्रमणबाट  बच्न लकडाउनको समय बढाएपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले  भिडियो कन्फ्रेन्स मार्फत उपत्यकामा  खानेपानीको वितरण सेवालाई प्रभावकारी बनाउन सबै शाखा प्रमुखसँग छलफल गरेको छ।

केयुकेएलले त्रिपुरेश्वरस्थित मुख्य कार्यालयबाट उपत्यकामा रहेका सबै शाखाका प्रमुखसँग मंगलबार भिडियो मार्फत प्रत्यक्ष कुराकानी गरी खानेपानीको हालको वितरण अवस्थाको बारे जानकारी लिएको हो। केयुकेएलका कार्यकारी प्रमुख मिलन शाक्यले शाखाका सबै प्रमुखसँग प्रत्यक्ष कुराकानी गरी आम उपभोक्ताका गुनासो र समस्याका बारे जानकारी लिए। सरकारले कोरोना भाइरसको सङ्क्रमण बाट जोगिन सामाजिक दुरी कायम गर्नुपर्ने निर्देशन दिएकाले सोही अनुसार काठमाडौं उपत्यकामा खानेपानीको वितरण सेवा के कस्तो छ भनेर छलफल गरेको प्रमुख शाक्यले बताए। 


Advertisement

अहिले सुख्खा मौसम भएका कारण पानीको उत्पादन आधा घटेकाले हाल घरघरमा पानीको माग अत्यधिक भैरहेको छ।  

केयुकेएलमा काम गर्ने ट्याङ्कर चालक, पानी खोल्ने बन्द गर्ने चाबी चालक र अन्य फिल्डमा खटिने कर्मचारीलाई सुरक्षाका लागि आवश्यक सामग्री उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयमा पत्र पठाइएको छ । लकडाउनको बेलामा पनि काम गर्ने कर्मचारीलाई निशुल्क बीमा एवम् क्षतिपूर्ति दिनका लागि केयुकेएलले खानेपानी मन्त्रालय मार्फत स्वास्थ्य मन्त्रालयमा पत्र पठाएको शाक्यले जानकारी दिए। 


Advertisement

लकडाउनको समयमा आफ्ना कर्मचारीहरु मार्फत खानेपानी वितरण सेवालाई निरन्तरता दिइरहेको केयुकेएलले जनाएको छ। 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्