विज्ञका अनुसार यसरी घटाउन सकिन्छ कोरोना संक्रमणको जोखिम

बुधवारको तथ्यांक निकै बढेको देखियो छ । परीक्षण ब्यापक रुपमा भएकोले पनि कोरोना संक्रमित तथ्यांक बढेको हो । त्यस्तै सामाजिक दुरी कायम नगर्ने, घर बाहिर निस्किने, व्यक्तिगत / पारिबारिक तथा घरायसी सरसफाई नगर्ने आदिको कारण संक्रमितको संख्या ह्वात्तै बढेको छ ।

मृतकको संख्या आगामी दिनमा धेरै देखिनेछ । भर्ना भएका संक्रमितहरू को अस्पताल बसाइ लामो हुँदै गर्दा जोखिम बढ्दै जान्छ । तसर्थ पुराना केसको मृत्यु दर अहिले १९ प्रतिशत देखिएको हो ।


Advertisement

खुशीको कुरा के छ भने गत महिनासम्म संक्रमितको गम्भीर अवस्था १५ – २० प्रतिशत थियो भने अहिले जम्मा ५ प्रतिशत छ । ९५ प्रतिशत लाई सामान्य लक्षण देखिएर निको भइरहेको छ । यो सेल्फ क्वारेन्टाइन, आइसोलेसन तथा सामान्य उपचारको प्रभावकारिता हो ।

उमेर अनुसार हेर्ने हो भने जन्मदेखि ९ बर्षसम्मका बच्चा सुरक्षित छन् । बच्चाको लागि कोरोना संक्रमण र यसबाट हुने मृत्युप्रति चिन्ता गर्नुपर्दैन । धेरै जसो अभिभावक आफ्ना बालबालिकाप्रति धेरै चिन्तित छन् । यो जरुरी छैन । त्यस्तै १०–१९ बर्षका बालबालिकाको मृत्युदर नगन्य अर्थात ०.२ प्रतिशत छ । ८० बर्षमाथिका व्यक्तिको मृत्युदर सबैभन्दा धेरै अर्थात १४.८ प्रतिशत मात्र छ ।


Advertisement

मधुमेह, उच्च रक्तचाप, दम, मुटुको रोग, क्यान्सर, किड्नीको रोग, अंग प्रत्यारोपण गरेका व्यक्तिले बिशेष ख्याल गर्नु आवश्यक छ । घर बाहिर नजाने, हात धोइरहने, रोगसंग लड्ने शक्ति बढाउनको लागि अतिरिक्त पोषिलो खाना खाने तथा तनाब नलिने गर्दा रोगसँग लड्ने क्षमता बढ्छ । हरियो सागसब्जी, अमिला फलफूल, दाल, क्वाँटी, दुध, दही, अन्डाको साथै भिटामिन सी, बी६,बी१२,जी, जिन्क, फिस, ओइल, मल्टी भिटामिन ट्याब्लेट / क्याप्सुल नियमित सेवन गर्दा जोखिम घट्दछ ।

चुरोट सेवन बन्द गर्नु अत्यावश्यक छ । कोरोना भाइरसले फोक्सोमा अट्याक गर्ने भएकोले फोक्सोलाई स्वस्थ्य राख्न चुरोट नखाने, प्राणायाम गर्ने, ध्यान गर्ने गर्नु उपयुक्त हुन्छ । त्यस्तै ब्लडप्रेसर र ब्लड ग्लुकोज पुरै नियन्त्रणमा राख्नुपर्दछ । कोरोना भाइरसको सेकेन्ड अट्याक किड्नीमा हुन्छ । किड्नी सुरक्षित राख्नको लागि ब्लडप्रेसर र सुगर पुरै नियन्त्रणमा राख्नुपर्दछ । पटकपटक पानी पिउने, पेन किलर लगायतका औषधि नखाने, शारीरिक व्यायाम गर्ने, मनोरंजन गर्ने तथा पोषिलो खाना खाने बानी बसाल्नु आवश्यक छ ।

जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डे

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्