×

NMB BANK
NIC ASIA

'धन्य हो सरकार ! अब यति भए बाँचिन्छ'

चैत १९, २०७६

NTC
Sarbottam
फाइल तश्वीर
Premier Steels
Marvel

'धन्य हो सरकार ∕ अब यति भए बाँचिन्छ ।' एक अधवैँशे महिला एक बोरा चामल, एक लिटर तेल, एक केजी दाल, एक किलो नुन समाउँदै जोडले चिच्याउँदै अगाडि बढिन् । उनी तीन चारपटक उक्त शब्द दोहोर्‍याउँदै गन्तव्यतिर लागिन् । 
 
'हिजोदेखि चुल्हो बलेको छैन, अब गएर पकाउँछु ।' सिद्धार्थनगर नगपालिका–१ म्यूडिहवाकी ३५ वर्षीया झिन्कू हरिजनको खुशी हो यो । उहाँको भान्सामा तेल र नुन सकिएको थियो । एक छोरा र तीन छोरीसँगै बस्दै आएकी हरिजन हप्ता दिनदेखि काममा जान पनि पाउनुभएको छैन । उनी भैरहवा क्षेत्रमा दैनिकरूपमा घरघरमा पुगेर कपडा धुने, भाडा माँझ्ने काम गरेर गुजारा चलाउँदै आएकी छन् । दैनिक घरेलु काम गरेर जीविकोपार्जन गर्दै आएकी हरिजनसँग यतिबेला पैसा पनि छैन र नजिकमा कुनै किराना पसल पनि नहुनाले दुई दिनदेखि भोकै बिताउनुपरेको हो ।
     
कोरोना भाइरसको सङ्क्रमणले महामारी फैलिँदै जाँदा नेपालमा पनि सङ्क्रमण नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनका कारण उनी दैनिक काममा जान पाएकी छैनन् । काममा जान नपाउँदा सोमबार साँझदेखि भुजा र चना खाएर बिताउनुपरेको छ । मङ्गलबार बिहानै वडाका कर्मचारीको खबरले राहत वितरण लिन पुगेकी हरिजन राहत पाएपछि निकै खुशी भइन् ।

Muktinath Bank

राहत थाप्न मङ्गलबार दिउँसो १२ बजेदेखि राहत लिन डेढ घण्टासम्म कुर्दा वडाध्यक्ष रमेश मल्ल वडासचिवसहित आए। उनीहरुले नआत्तिएर बस्न र केहीबेरमा राहत सामग्री लिएर नगरप्रमुख आउने जानकारी दिएपछि सबैजना ढुक्क भए । राहत सामग्रीसहित केहीबेरमा नगरप्रमुख हरि प्रसाद अधिकारी,  उपप्रमुख उमा काफ्ले आएर वडा कार्यालयले तयार गरेको सूचिअनुसार उपस्थित सबैलाई खाद्यान्न वितरण गरे।
 
खाद्यान्न पाएपछि झिन्कु मात्रै होइन, सोही ठाउँकी बहुरी अहिर पनि गद्गद् देखिइन् । परिवारमा पाँच छोरा र एक छोरीसहित भाडाको घरमा बस्दै आएकी बहुरी अहिर घर बनाउने श्रमिकको काम गर्छिन्। लकडाउनका कारण आठ दिनदेखि उनको पनि काम ठप्प छ । 'काम नगरे खान पाइन्नँ, जसोतसो हप्ता दिन त चल्यो । यस्तै रहिरह्यो भने कसरी चल्छ र ?', अहिरले निरास हुँदै भनिन्, 'सरकारले यस्तै दाल चामल दिए त बाचिएला नत्र...' छेउमै रहेकाले सम्झाउँदै भने सरकार छँदै छ किन आतिएको ।'
 
झिन्कु र बहुरीजस्तै १३९ जनाको घरधुरीलाई सिद्धार्थनगर नगरपालिकाले दैनिक जीवनमा अति आवश्यक खाद्यान्न सामग्री वितरण गरेको छ । परिवार सङ्ख्याको आधारमा दिइएको उक्त राहत सामग्री चार जनाको परिवार हुने घरधुरीलाई पाँच केजी, १० जनासम्म परिवार हुने घरधुरीलाई १० केजी चामल दिइएको नगर उपप्रमुख उमा काफ्लेले बताइन् । काफ्लेका अनुसार हरेक विपन्न परिवारलाई एक लिटर खानेतेल, एक केजी नुन, एक केजी दाल पनि प्रदान गरिएको छ । उनले भनिन्, 'शुरूमा केही कम वितरण गरेका छौँ, लकडाउन लम्बिँदै गयो भने फेरि दिन्छौँ । सरकार छ,  कोही भोकै बस्न पर्दैन ।'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लकडाउनका कारण कोही पनि भोकै हुन नपरोस् भनेर नै सिद्धार्थनगर नगरपालिकाले नगरमा भएका मजदुरहरुको लगत सङ्कलन गरेको छ । नगरप्रमुख हरिप्रसाद अधिकारीका अनुसार नगरको १३ वटै वडामा एक हजार ८७२ ज्याला मजदुरी गरेर खाने परिवार रहेका छन् । 'दैनिक काम गरेर बिहान बेलुकाको जोहो गर्नेहरु कोरोना भाइरसको कारण सरकारले गरेको लकडाउनमा परी घरभित्र बस्न बाध्य छन् । उनीहरुले काम गर्न पाएका छैनन् । उनीहरुको जीवनयापनलाई सहज बनाउन हामीले राहत वितरण शुरु गरेका हौँ', नगरप्रमुख अधिकारीले भने। 


Advertisment
Nabil box
Kumari

सिद्धार्थनगर पालिकाको कार्यपालिका बैठकले चार दिन अगाडि बिहान बेलुका हातमुख जोहो गर्न नसक्ने परिवार तथा ज्यालादारीमा काम गर्ने श्रमिकहरुको लगत सङ्कलन गर्ने निर्णय गरेको थियो । नगरले कोरोना भाइरस नियन्त्रण राहत कोष स्थापना गरेको छ । उक्त कोषमा नगरले यसअघि नै रु ११ लाख ५१ हजार जम्मा गरिसकेको छ भने विभिन्न सहयोगी व्यक्तिले पनि सहयोग गरिरहेका छन् । राहत कोषमा नगरका प्रमुखले रु २१ हजार, उपप्रमुखले रु १५ हजार र वडाध्यक्षले रु १० हजारका दरले रकम जम्मा गरेको नगरका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम मरासिनीले बताए। सिद्धार्थनगरमा १३ वडा छन् ।
 
लकडाउनका कारण खाद्यान्न, तरकारीमा देखिएको अभावलाई मध्यनजर गर्दै नगरले वडा कार्यालयको समन्वयमा टोलस्तरमा अत्यावश्यक वस्तुको प्रबन्ध मिलाउने तयारी गरिरहेको मरासिनीले बताउनुभयो । नगरपालिकाले समाजसेवी कृष्णप्रसाद न्यौपाने, नारायणप्रसाद अग्रवाल, सिद्धार्थनगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुलप्रसाद न्यौपाने, उद्योग व्यापार सङ्गठनका अध्यक्ष नारयाणप्रसाद भण्डारी, बैंकर्स एशोसिएसनका अध्यक्ष रामराज उपाध्यायसहितले श्रमिकका लागि अत्यावश्यक खाद्यान्न व्यवस्थापन सहयोग समिमिसमेत गठन गरेको छ ।  नरेश केसी,रासस

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x