×

NMB BANK
NIC ASIA

सचेतनाका लागि जनप्रतिनिधि गाउँगाउँमा

चैत १९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता (दीपक) अहिले गाउँगाउँमा पुगेर सचेतना जगाउन सक्रिय छन्। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि आफ्नो गाउँपालिकावासीलाई सचेत बनाउन अध्यक्ष गुप्ताले सचेतना अभियान नै थालेका छन् ।

Muktinath Bank

स्वास्थ्यभन्दा ठूलो केही नभएकोले लकडाउनको पालना गर्न र कोरोनाको जोखिमबाट बच्ने उपायको बारेमा पालिकावासीलाई सचेतना जगाउन आफू लागिपरेको अध्यक्ष गुप्ताले राससलाई बताए । 'हाम्रो गाउँपालिकामा छ वडा र ४२ गाउँ छन्, सकेसम्म सबै गाउँमा पुगेर नागरिकलाई सचेत गराइरहेको छु', उनले भने।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

“कोरोनाको जोखिमबाट बच्न घरभित्रै सुरक्षित बस्नु उत्तम उपाय हो', पाल्हीनन्दन–१ शङ्कपुरमा स्थानीयवासीलाई सचेत गराउँदै उनले भन्नुभयो, 'बेलाबेलामा साबुनपानीले हात धुने, स्यानिटाइजरको प्रयोग गर्ने, गाउँमा एकै ठाउँमा भीडभाड नगर्ने, मास्कको प्रयोग गर्ने गर्नुहोस्, अहिले आफ्नो ज्यान जोगाउनु नै ठूलो कुरा हो ।'


Advertisment
Nabil box
Kumari

उनले भारत तथा अन्य देशबाट रोजगारी फर्किएका व्यक्तिका बारेमा सूचना दिन पनि गाउँगाउँका नागरिकलाई अनुरोध गरेका छन् । 'अहिले विदेशबाट आएका व्यक्तिबाट सङ्क्रमणको जोखिम रहेकाले गाउँमा आउने व्यक्तिलाई निगरानीमा राख्ने, उनीहरुमा रुघाखोकी तथा ज्वरोको लक्षण देखिएमा गाउँपालिका, प्रहरी, प्रशासन वा नजिकको स्वास्थ्य संस्थामा खबर गरिदिनुहोला', उनले स्थानियवासीलाई सम्झाउँदै भने।

Vianet communication
Laxmi Bank

गाउँपालिकाले पाल्ही प्राथमिक स्वास्थ्य केन्द्रको नवनिर्मित सुविधासम्पन्न भवनमा १० श्ययाको क्वारेन्टाइन निमार्ण गरेको छ । नयाँ भवनमा सबै कोठाहरु खाली नै रहेकाले आवश्यक परेमा श्यया थप गर्दै जान सकिने उनले बताए । गाउँपालिकाले सीमाक्षेत्र महेशपुरमा फागुनदेखि नै हेल्थ डेस्क पनि सञ्चालन गर्दै आएको छ ।

गाउँगाउँमा पुगेर सचेतना फैलाउने क्रममा लकडाउनका कारण दैनिक गुजारा चलाउन हम्मे परेका व्यक्तिलाई पनि अध्यक्ष गुप्ताले भेटेर राहतको व्यवस्था गर्न लागिएको बताएका थिए । दैनिक जीवनयापनमा कठिनाइ भए आफ्नो वडाका जनप्रतिनिधि वा वडा कार्यालयमा सम्पर्क गर्न उनले आग्रह गर्नुभएको छ । वडाबाट सबैको तथ्याङ्क आएपछि गाउँपालिकाले राहतको व्यवस्था गर्ने अध्यक्ष गुप्ताले बताए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x