असार २५, २०७७
विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...
संसारभरिका देशले अहिले कोरोनाभाइरस फैलिन नदिनका लागि अभूतपूर्व उपायहरू अपनाइरहेका छन् । कतै अतिवाद देखिएको छ भने कतै सिर्जनात्मकता झल्किएको छ ।
पनामा
यो मध्य अमेरिकी देशमा कोरोनाका एक हजार जति संक्रमण देखिएका छन् । यसले लैंगिक आधारमा मानिसहरूलाई छुट्ट्याएर कोरोनाभाइरस फैलिनबाट रोक्न खोजेको छ ।
बुधवारदेखि महिला र पुरुषले घरबाट दुई घन्टाका लागि मात्र निस्कन पाउनेछन् र फरक फरक दिनमा निस्कनुपर्नेछ । अर्थात् महिला घरबाट निस्केको दिन पुरुष घरमै बस्नुपर्नेछ ।
आइतवार कसैलाई पनि घरबाट निस्कन दिइने छैन ।
कोलम्बिया
कोलबियाका केही शहरमा मानिसलाई राष्ट्रिय परिचयपत्रको अन्तिम अंकका आधारमा घरबाट निस्कने अनुमति दिइएको छ ।
उदाहरणका लागि, बार्रानकाबेरमेजामा ०, ७ वा ४ अंक अन्तिममा भएका मानिसले सोमवार घरबाट निस्कन पाउँछन् भने १, ८ वा ५ अंक भएकाले मंगलवार बाहिर निस्कन पाउँछन् ।
छिमेकी मुलुक बोलिभियाले पनि यस्तै उपाय अपनाउँदैछ ।
सर्बिया
सर्बियामा लकडाउनमा रहेकाहरूलाई राति ८ बजेदेखि ९ बजेसम्म कुकुर डुलाउनका लागि निस्कन दिइने घोषणा गरिएको थियो । तर कुकुरमालिकहरूको विरोधपछि त्यसलाई खारेज गरियो ।
बेलारुस
बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले कोरोनाभाइरस संक्रमणका विषयमा लिएको अडानले धेरैजना आश्चर्यमा पारेको छ ।
भाइरस रोक्नका लागि देशले प्रयास गर्नुपर्छ भन्दा उनले हाँस्दै ‘खै, मैले त भाइरस उडिरहेको देखेको छैन’ भने ।
इन्डोर हकी खेलमा एक टीभी पत्रकारसँग बोल्दै उनले खेलहरूमा जम्मा भएका भीडले कुनै असर नपार्ने किनकि स्टेडियमको चिसोपनाले भाइरसलाई फैलिनबाट रोक्ने दाबी गरे ।
युरोपका अन्य देशभन्दा भिन्नै रही बेलारुसले कुनै पनि खेलकुद कार्यक्रममा रोक लगाएको छैन ।
राष्ट्रपतिले भोड्का पिउने अनि साउनामा गइरहने गर्दा भाइरस भगाउन सकिने पनि भने जुन विज्ञहरूको सुझावको पूरै विपरीत छ ।
स्विडेन
स्विडेनमा कोरोनाभाइरसका ४५ सय केस देखिएपनि लकडाउनमा कडीकडाउ गरिएको छैन । मानिसहरूले समझदारी अपनाउने र सही कदम चाल्ने आशा सरकारले गरेको छ ।
आइतवारदेखि ५० भन्दा बढी मानिसलाई भेला हुन दिइएको छैन तर १६ वर्षभन्दा मुनिका बालबालिकाको विद्यालय खुलै छ ।
तुर्कमेनिस्तान
यस देशमा महाव्याधिसँग लड्न पूरै फरक दृष्टिकोण अंगीकार गरिएको छ । सरकारले कोरोनाभाइरस शब्दलाई नै प्रतिबन्ध लगाएको छ ।
सरकारले उक्त शब्द स्वास्थ्य सम्बन्धी सूचना दिने ब्रोसरबाटै हटाएको छ । रेडियो अजतलीकका पत्रकारहरूले बताएअनुसार, भाइरसको कुरा गर्ने वा सार्वजनिक स्थानमा मास्क लगाउने मानिसलाई पक्राउ गर्न सकिनेछ ।
अधिकारीहरूले तुर्कमेनिस्तानमा कोरोनाभाइरसको कुनै केस नभएको बताइरहेका छन् जबकि त्यो देशको सीमा इरानसँग जोडिन्छ । इरान कोरोनाबाट सर्वाधिक प्रभावित देशमध्ये एक हो ।
अस्ट्रिया
अस्ट्रियामा सुपरमार्केटमा जाँदा अनिवार्य मास्क लगाउनुपर्ने व्यवस्था गरिएको छ ।
चान्सलर सेबास्टियन कुर्जले बुधवारदेखि लागू हुने गरी नयाँ नियम ल्याएका हुन् । देशमा लाखौं मास्क बाँडिएका छन् ।
बीबीसीबाट
विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...
भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...