लकडाउनमा उपभाेक्तालाई राहतः पेट्रोलियम पदार्थकाे मूल्य प्रतिलिटर १० रुपैयाँले घट्यो

सरकारले  पेट्राेलियम पदार्थकाे भाउ घटाएको छ। 

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावट आएपछि नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँ घटाएको हो। 


Advertisement

निगम सञ्चालक समितिको बुधबार बसेको बैठकले राति १२ बजेदेखि लागू हुने गरी मूल्य घटाएको हो।

योसँगै काठमाडौंमा पेट्रोलको खुद्रा विक्री मूल्य ९६ रुपैयाँमा झरेको छ, भने  डिजेल र मट्टितेलको खुद्रा विक्री मूल्य ८५ रुपैयाँ कायम भएको छ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्