टोलटोल पुगेर मोबाइल भ्यानमार्फत खाद्यान्न बेच्दै साल्ट ट्रेडिङ

सरकारी स्वामित्वमा रहेको साल्ट ट्रेडिङ कर्पाेरेसन लिमिटेडले भ्यानमार्फत खाद्यान्नको बिक्री थालेको छ। 

कर्पोरेशनले मोबाइल भ्यानमार्फत नुन, चिनी, मैदा, दाल तथा गेडागुडी बिक्री सुरु गरेको हो।
काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न वडामा गएर बिक्री गरिएको साल्ट ट्रेडिङका सूचना अधिकृत कुमारराज भण्डारीले जानकारी दिए। 


Advertisement

सामाखुसी, टोखा, ग्वङ्गबँु, गौरीगाउँ र  जाल्पाचोक क्षेत्रमा एक लाख पाँच हजारको खाद्यान्न बिक्री गरिएको छ। त्यस्तै बालाजु, नयाँबजार, खुसीबुँ र चक्रपथ क्षेत्रमा ८६ हजार र कुपण्डोल, हनुमानस्थान, सानेपा, पाटनलगायत क्षेत्रमा ८० हजार बराबरको खाद्यान्न बिक्री गरिएको छ।

त्यस्तै कालीमाटी काउण्टरबाट बुधबार मात्र ९५ हजार ६ सयभन्दा बढी खाद्यान्न बिक्री गरिएको उनले जानकारी दिए। तीन मोबाइल भ्यान र कार्यालयबाट गरी  तीन लाख ६६ हजार सात सयभन्दा बढीको कारोवार भएको छ।
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्